लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा क्रिकेट कप २०८० : वडा नम्बर ४ र ७ बिजयी

IMG

तिलोत्तमा,२०८० फाल्गुण ७ गते। तिलोत्तमा नगरपालिकामा जारी दोस्रो तिलोत्तमा कप क्रिकेट प्रतियोगिता २०८०अन्तर्गत आज भएको पहिलो खेलमा वडा नम्बर ४ र दोस्रो खेलमा वडा नम्बर ७ बिजयी भएका छन् ।  नगरका युवा खेलाडीहरुलाई प्लेटफर्म दिने उद्देश्यका साथ क्रिकेट प्रतियोगिता सुरु भएको क्लबका अध्यक्ष केशव राज भुसालले बताउनुभयो। तिलोत्तमा नगरपालिका तथा नवजिवन क्लबको आयोजनामा  गत शनिबारदेखि प्रतियोगिता सुरु भएको हाे ।


नवजिवन खेलमैदानमा आज भएको पहिलो खेलमा वडा नं. ४ ले फराकिलो अन्तरले विजयी सुरुवात गरेको छ । वडा नं. ८ माथि १२८ रनको फराकिलो जित निकाल्दै वडा नं.४ विजयी भएको हो । वडा नं. ४ ले टस जितेर ब्याटिङ्ग गर्ने निर्णय गरेपछि मैदान छिरेका ब्याट्सम्यानहरुले निर्धारित २० ओभरमा ६ विकेटको नोक्सानीमा १ सय ७२ रनको लक्ष्य खडा गरेका थिए । वडा नं. ४ का ऋतिक पुनले ५१ बलमा ७५ रन लिएका थिए भने सुलभ ढुंगानाले ४४ बलमा ६५ रनको योगदान दिएका थिए भने ४ नम्बर वडाका सुजन परियार र भुवन खत्रीले क्रमश: ४/४ ओभरमा ५/४ विकेट लिएका थिए। कडा लक्ष्य पछ्याएको वडा नं. ८ का ब्याट्सम्यानहरु १२.४ ओभरमा ४४ रनको नराम्रो सेटमा समेटियो । आइतबार भएको पहिलो खेलमा वडा नं. ४ ऋतिक पुन म्यान अफ द म्याच घोषित हुँदै पुरस्कृत भए । 


त्यस्तै आइतबार भएको दोस्रो खेलमा वडा नं. ७ करिव शतकले विजयी भएको छ । वडा नं. १५ माथि फराकिलो ९९ रनको जित निकाल्दै वडा नं. ७ विजयी भएको हो । वडा नं. ७ ले टस जितेर ब्याटिङ्ग गर्ने निर्णय गरेपछि मैदान छिरेका वडा नं.७ का ब्याट्सम्यानहरुले निर्धारित २० ओभरमा ७ विकेटको नोक्सानीमा १ सय ७७ रनको लक्ष्य खडा गरेका थिए । वडा नं. ७ का बिशाल न्यौपानेले ३९ बलमा ६० रन र रोशन क्षेत्रीले १७ बलमा २७ रनको योगदान दिएका थिए भनेनबिन क्षेत्री र बिशाल गोतामेले क्रमश : ४/३ ओभरमा ४/२ विकेट लिएका थिए।मध्यम लक्ष्य पछ्याएको वडा नं. १५ का ब्याट्सम्यानहरु १६.२ ओभरमा ७८ रनमा मात्रै समेटियो । खेलमा आशिस गुरुङ र शक्ति सापकोटाले क्रमश २८ र १८ रन ल्याएका थिए। खेलमा वडा नं. ७ का नविन क्षेत्री म्यान अफ द म्याच घोषित हुँदै पुरस्कृत भए । तिलोत्तमा नगरका वडास्तरमा १६ टिमहरु प्रतिस्पर्धा गर्ने छन । सोमबारको पहिलो खेल वडा नं. १३ र ६ ,  र दोस्रो खेल वडा नं १४ र ५ का बीचमा खेल हुने आयोजकका तर्फबाट सागर पाठकले बताउनुभएको छ ।


तिलोत्तमा ६ दश नम्बरस्थित नवजीवन क्लबको खेल मैदानमा २० ओभरमा खेलाइने क्लबका अध्यक्ष केशव भुसालले बताए । प्रतियोगितामा प्रथम हुनेले ५० हजार,दोस्रोले २५ हजार,प्लेयर अफ द सिरिजले १० हजार तथा बेस्ट बलर र बेस्ट ब्याटस्म्यान ५ हजारका दरले पुरस्कार पाउने छन् । यस्तै प्रत्येक खेलमा म्यान अफ द म्याचलाई ट्रफी र इमर्जिङ प्लेयरलाई ट्रफी प्रदान गरिने उनले बताए ।

कमेन्ट गर्नुहोस्