लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

जोर्डनलाई हराउँदै कतारले जित्यो एसियन कपको उपाधि

tillotmacitynews - 2024 Feb 11 12:28 PM
IMG

तिलोत्तमा सिटी,२०८० माघ २८ गते । जोर्डनलाई  हराउँदै कतारले एएफसी एसियन कपको उपाधि जितेको छ।गएराति लुसेल स्टेडियममा जोर्डनलाई ३-१ गोलले पराजित गर्दै कतार च्याम्पियन बनेको हो।घरेलु मैदानमा कतारले तीनवटै गोल पेनाल्टीमार्फत गरेको हो। २२ औं मिनेट, ७३ औं मिनेट र ९० मिनेटपछि थपिएको समयको पाचौं मिनेटमा कतारले पेनाल्टीमार्फत गोल गरेको थियो।


तीन वटै पेनाल्टी सदुपयोग गर्दै कतारका अक्रम अफिफले ह्याट्रिक गरे।जोर्डनका यजन अल नइमतले ६७ औं मिनेटमा उत्कृष्ट गोल गरेका थिए। योसँगै कतार पुनः उपाधि जित्न सफल भएको हो।अघिल्लो पटकको उपाधि पनि उसैले जितेको थियो।

कमेन्ट गर्नुहोस्