लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सन्जिवनी कप फुटबलः देवदहलाई हराउदै फर्साटिकट बिजयी

tillotmacitynews - 2024 Feb 06 08:36 PM
IMG

तिलोत्तमा, माघ २३ गते २०८०। तिलोत्तमा-१४ , बाग्धुरा, देवीनगरमा सन्जिवनी क्लवको आयोजनामा स्व. डिम बहादुर गुरुङ स्मृती छैठौं सन्जिवनी कप खुला नकआउट फुटबल प्रतियोगिता सञ्चालन भइरहेको छ । जसअन्तर्गत आजको खेल फर्साटिकर युवा क्लव,फर्साटिकर र देवदह ब्वाएज, देवदह बीच भएको थियो । त्यस खेलमा फर्साटिकरले देवदहलाइ ० को बिरुद्ध ३ गोल गरी जित हासिल पार्न सफल भएको हो।  खेलको म्यान अफ द म्याच फर्साटिकरका अरुण चौधरी भए ।  भोली हुने पहिलो सेमिफाइनल खेल झरना स्पोर्टस क्लव र लिस्नु युवा क्लव बिच हुनेछ । 


यसपटक प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल हात पार्ने आर्थिक संयोजक इन्द्र छन्त्यालले बताए । त्यस्तै व्यक्तिगत विधातर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको छन्त्यालले जानकारी दिए । जिल्ला भित्रकै स्थानीय क्लबहरुलाई बढी भन्दा बढी सहभागिता गराउने उद्देश्यका साथ यसपटक प्रतियोगितामा कुल १२ टोलीहरुले सहभागिता रहेको खेल संयोजक खिम थापाले बताए ।

कमेन्ट गर्नुहोस्