
तिलोत्तमा सिटि २०८० माघ २० गते । तिलोत्तमा-१४ , बाग्धुरा, देवीनगरमा सन्जिवनी क्लवको आयोजनामा स्व. डिम बहादुर गुरुङ स्मृती छैठौं सन्जिवनी कप खुला नकआउट फुटबल प्रतियोगिता सञ्चालन भइरहेको छ । जसअन्तर्गत आजको खेल लिस्नु युवा क्लब,कोटिहवा र जनज्योति युवा क्लव ,डिङगरनगर,बीच भएको थियो । त्यस खेलमा लिस्नुले जनज्योतिलाई १ का बिरुद्ध ३ गोल गर्दै बिजयी भएको हो ।
यसपटक प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल हात पार्ने आर्थिक संयोजक इन्द्र छन्त्यालले बताए । त्यस्तै व्यक्तिगत विधातर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको छन्त्यालले जानकारी दिए । जिल्ला भित्रकै स्थानीय क्लबहरुलाई बढी भन्दा बढी सहभागिता गराउने उद्देश्यका साथ यसपटक प्रतियोगितामा कुल १२ टोलीहरुले सहभागिता रहेको खेल संयोजक खिम थापाले बताए ।
कमेन्ट गर्नुहोस्