लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

फराकिलो अन्तरका साथ झरना विजयि

tillotmacitynews - 2024 Feb 02 10:18 PM
IMG

तिलोत्तमा सिटि २०८० माघ १९ गते । स्थानीय खेलाडी, स्थानीय फुटबललाई प्राथमिकतामा राख्दै हरेक वर्ष आयोजना हुँदै आएको सन्जिवनी कप खुला नकआउट फुटबल प्रतियोगिताको छैठौं संस्करणको आजको खेलमा झरना इस्पोर्टस क्लब ,  र अमुवा फुटबल क्लब ,बीच खेल भएको  प्रतियोगितामा झरनाले अमुवालाई ० का बिरुद्ध ५ गोल गर्दै बिजयी भएको हो । उक्त खेलको म्यान अफ द म्याच झरना इस्पोर्टस क्लवका  रोहित सुनार हुन सफल भए । साथै भोलि हुने पहिले क्वाटरफाइनल खेल लिस्नु युवा क्लब,कोटिहवा र जनज्योति युवा क्लव ,डिङगरनगरबिच हुने खेल संयोजक खिम थापाले बताए ।  


यसपटक प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल हात पार्ने आर्थिक संयोजक इन्द्र छन्त्यालले बताए । त्यस्तै व्यक्तिगत विधातर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको छन्त्यालले जानकारी दिए । जिल्ला भित्रकै स्थानीय क्लबहरुलाई बढी भन्दा बढी सहभागिता गराउने उद्देश्यका साथ यसपटक प्रतियोगितामा कुल १२ टोलीहरुले सहभागिता रहेको खेल संयोजक खिम थापाले बताए । 


कमेन्ट गर्नुहोस्