
तिलोत्तमा सिटि २०८० माघ १७ गते । स्थानीय खेलाडी, स्थानीय फुटबललाई प्राथमिकतामा राख्दै हरेक वर्ष आयोजना हुँदै आएको सन्जिवनी कप खुला नकआउट फुटबल प्रतियोगिताको छैठौं संस्करणको आज देस्रो दिनको खेलमा न्यु सृजना युवा क्लब करौजिया र जनज्योति क्लब तिलोत्तमा ४ डिङ्गरनगर बीच खेल भएको प्रतियोगितामा जनज्योतिले न्यु सृजनालाई १ का बिरुद्ध २ गोल गर्दै बिजयी यात्रा शुरु गरेको हो । उक्त खेलमा न्यु सृजनाका लागि पर्वेश क्षेत्रिले १ गोल गरेका थिए भने जनज्योति तर्फ रोहन राइ र अरुण थापाले १ ,१ गोल गरेका हुन । साथै उक्त खेलको म्यान अफ द म्याच जनज्योति क्लबका खेलाडि रोहन राइ भए । प्रतियोगिता अन्तर्गत भोलिको खेल आहाना फुटबल क्लब , बुटवल भर्सेस फर्साटिकट क्लब फर्साटिकट बीच हुने आयोजकले बताएको छ ।
यसपटक प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल हात पार्ने आर्थिक संयोजक इन्द्र छन्त्यालले बताए । त्यस्तै व्यक्तिगत विधातर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको छन्त्यालले जानकारी दिए । जिल्ला भित्रकै स्थानीय क्लबहरुलाई बढी भन्दा बढी सहभागिता गराउने उद्देश्यका साथ यसपटक प्रतियोगितामा कुल १२ टोलीहरुले सहभागिता रहेको खेल संयोजक खिम थापाले बताए ।
कमेन्ट गर्नुहोस्