लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

स्व. डिम बहादुर गुरुङ स्मृति छैठौं सन्जिवनी कप शुरु : उद्घाटन खेलमा नवयुवा बिजयी

IMG

तिलोत्तमा, माघ १६ गते २०८०। स्थानीय खेलाडी, स्थानीय फुटबललाई प्राथमिकतामा राख्दै हरेक वर्ष आयोजना हुँदै आएको सन्जिवनी कप खुला नकआउट फुटबल प्रतियोगिताको छैठौं संस्करण शुरु भएको छ। उद्घाटन खेलमा नवयुवा खेलकुद तथा सास्कृतिक परिवार ठुटिपिपल भर्सेस डिएमसी तुलसीपुर बीच खेल भएको प्रतियोगितामा नवायुवाले डिएमसीलाई १ का बिरुद्ध ३ गोल गर्दै बिजयी यात्रा शुरु गरेको हो। प्रतियोगितामा कडा प्रतिश्प्रधा भएको खेलमा नवयुवाले डिएमसी लाई १ गोलका बिरुद्ध ३ गोल गरेको हो। प्रतियोगिता अन्तर्गत भोलिको खेल न्यु सृजना युवा क्लब करौजिया भर्सेस जनज्योति क्लब तिलोत्तमा ४ डिङ्गरनगर बीच हुने आयोजकले बताएको छ। 




प्रतियोगिताको उद्घाटन कार्यक्रमको अध्यक्षता आयोजक सन्जिवनी युवा क्लब, तिलोत्तमा–१४, देवीनगरका अध्यक्ष अर्जुन क्षेत्रीले गर्नुभएको थियो। प्रमुख अथिति लुम्बिनी प्रदेश सभा सदस्य जमुना ढकाल,विशिस्ठ अतिथि प्रतियोगिताको मुख्य प्रायोजक श्रीमाया गुरुङ,प्रदेश खेलकुद परिषद सदस्य सचिब जय प्रकाश भट्टराई, तिलोत्तमा नगरपालिका वडा नम्बर १४ का अध्यक्ष अश्विन पौडेल , जिल्ला फुट्बल सघका अध्यक्ष लोक पुन लगायतको उपस्थिति रहेको थियो। 


उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अथिति लुम्बिनी प्रदेश सभा सदस्य जमुना ढकालले स्थानिय स्तरमा गरिएको यस्तो प्रतियोगिताले देशकै लागि राम्रो खेलाडी उत्पादन गर्न सक्ने बताईन।उनले सामाजिक क्रियाकलापमा अग्रसर संजीवनी क्लबले गरेको समजपयोगी कार्यप्रति धन्यबाद समेत व्यक्त गरिन। सो अवसरमा बोल्दै प्रदेश खेलकुद परिषद सदस्य सचिब जय प्रकाश भट्टराईले खेल जगतमा राम्रो पहिचान बनाउन सफल संजीवनी क्लबले निरन्तर प्रतियोगिता गर्दै आएकोमा धन्यबाद ज्ञापन गरे। त्यस्तै वडा अध्यक्ष अश्विन पौडेलले वडा स्तरमा यस्तो खेलले नगरपालिकाकै शान बढाउने भन्दै खेलमा सकेको सहयोग गर्ने बताए। संजिवनीमा यसपटक स्थानीय फुटबलमा निरन्तर आफ्नो सहभागिता जनाउँदै आइरहेकी फुटबलप्रेमी तथा सामाजिक अभियन्ता श्रीमाया गुरुङ र उनको परिवारद्वारा स्व. पिता डिम बहादुर गुरुङ स्मृतिमा प्रतियोगिताको मुख्य प्रायोजन गरिएको छ। मुख्य प्रायोजनसँगै प्रतियोगिताको नाम स्व. डिम बहादुर गुरुङ स्मृति छैठौं सन्जिवनी कप नकआउट फुटबल प्रतियोगिता रहेको क्लबका अध्यक्ष अर्जुन क्षेत्रीले जानकारी दिए । साथै उनले प्रतियोगिता अबधिभर स्थानियबासी, देश विदेशबाट सबैको साथ र सहयोगको अपेक्षा राखेको पनि बताए ।


उता मुख्य प्रायोजक बनेकी श्रीमाया गुरुङले दिवंगत पिता कै स्मृतिमा आफूले निन्तर खेलकुद र सामाजिक कार्यमा सहयोग गर्दै आएको स्मरण गर्दै फुुटबलप्रति आफ्नो विशेष रुची भएकै कारण गाउँघरकै फुटबललाई आफूले सकेको साथ दिएको बताईन् । कार्यक्रममा रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले सन्जिवनी कपले जिल्लाको फुटबलमा फरक पहिचान बनाएर अगाडी बढिरहेको चर्चा गर्दै प्रतियोगिता सफलताका साथ सम्पन्न गर्न शुभकामना दिए ।


यसपटक प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल हात पार्ने आर्थिक संयोजक इन्द्र छन्त्यालले बताए । त्यस्तै व्यक्तिगत विधातर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको छन्त्यालले जानकारी दिए । जिल्ला भित्रकै स्थानीय क्लबहरुलाई बढी भन्दा बढी सहभागिता गराउने उद्देश्यका साथ यसपटक प्रतियोगितामा कुल १२ टोलीहरुले सहभागिता रहेको खेल संयोजक खिम थापाले बताए । 

कमेन्ट गर्नुहोस्