
तिलोत्तमा, माघ १३ गते २०८०।प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश बागमतीसँगको खेलमा १०६ रनमै अलआउट भएको छ ।कीर्तपुरको मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले ३२.२ ओभरमा अलआउट हुँदै १०६ रनमात्रै बनाउन सक्यो ।लुम्बिनीका लागि कप्तान सुशान्त थापाले २८, निर्मल गुरुङले २७, प्रज्वल थापाले १४, विराट भण्डारीले १३, रन बनाए ।
अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन् ।लुम्बिनीलाई सस्तैमा समेट्ने क्रममा बागमतीका सूर्य तामाङ एक्लैले ६ विकेट लिए भने विपिन आचार्यले २ तथा प्रतिज जिसी र क्रिजन गुरुङले एक/एक विकेट लिए ।जारी प्रतियोगितामा ८ खेल खेलेको बागमती प्रदेश १० अंकसहित दोस्रो स्थानमा रहेको छ भने पाँच खेल खेलेको लुम्बिनी २ अंकसहित नवौं स्थानमा रहेको छ ।
कमेन्ट गर्नुहोस्