लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

भोलीदेखि पाँचौं तिलोत्तमा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु हुँदै

tillotmacitynews - 2024 Jan 21 09:25 PM
IMG

तिलोत्तमा सिटी, २०८० माघ ७ गते । तिलोत्तमा नगरप‍ालिकाको आयोजनामा भोली अर्थात् सोमबारदेखि पाँचौं नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता सुरु हुने भएको छ । उक्त प्रतियोगिता तीन दिनसम्म चल्ने छ । तिलोत्तमा–४, डिङ्गरनगर स्थित जनज्योती क्लवको खेल मैदानमा सञ्चालन हुने प्रतियोगितामा नगरभित्रका सामुदायिक र संस्थागत गरी ३८ विद्यालयहरुले प्रतिस्पर्धामा भाग लिने नगरपालिका युवा, शिक्षा तथा खेलकुद शाखा प्रमुख गंगाराम आचार्यले जानकारी दिनुभयो ।


प्रतियोगिताको उद्घाटन ८ गते बिहान ११ बजे हुने र समापन १० गते दिउसो १ बजे हुनेछ । छात्रा तर्फका भलिबलमा १७, कबड्डिमा ११ विधालय सहभागि रहने छन भने छात्र तर्फका भलिबलमा २३ , कबड्डिमा २० ,एथलेटिक्समा ३६ विधालय सहभागि रहने छन । साथै करातेमा १०६ ,तेक्बानदोमा २१ खेलाडीको सहभागिता रहने छ । विद्यालयस्तरमा रहेका प्रतिभालाई छनौट गरी उत्कृष्ट खेलाडीहरुलाई जिल्ला स्तरीय हुँदै प्रदेश र राष्ट्रिय प्रतियोगितामा समावेश गराउने उद्देश्यले रनिङ शिल्ड आयोजना गरिएको हो । प्रतियोगितामा छात्रा तथा छात्राहरुबीच भलिबल, कबड्डी, एल्लेटिक्स, कराँते, तेकवान्दोतर्फ विभिन्न इभेन्टहरु हुने छन् । 

कमेन्ट गर्नुहोस्