
तिलोत्तमा,२०८० माघ ३ गते । न्यु राइज युथ क्लब तिलोत्तमा-१३ बभनीमा जारी न्यु राइज कप पुरुष फुटबल प्रतियोगिताको चौथो संस्करणको आज सम्पन्न सेमीफाईनल खेलमा आयोजक न्यु राईज युथ क्लब बिजयी भएको छ। आज सम्पन्न आयोजक भर्सेस संजीवनी एफसी बिचको निर्धारित समयको खेलमा १ का बिरुद्ध ५ गोल गर्दै आयोजक बिजयी भएको थियो। राम्रो खेल प्रदर्शन गरेका अरुण थापा खेलमा म्यान अफ द म्याच समेत घोषित भए।
१६ टिम सहभागी भएको प्रतियोगिता माघ ६ गतेसम्म चल्ने क्लबका सचिव कृष्ण खनालले बताए। प्रतियोगिता तिलोत्तमा नगरपालिका वडा नम्बर १३ स्थित् बभनी भुतपुर्व सैनिक आधारभुत बिद्यालयको खेल मैदानमा भैरहेको छ। प्रतियोगितामा बिजेताले ७५ हजार पाउने छन् भने उपविजेताले ४४ हजार प्राप्त गर्ने छन्। विधागत रुपमा उत्कृस्ट खेलाडीलाई समेत नगद सहित ट्रफी प्रदान गरिने क्लबका अध्यक्ष बिष्णु पराजुलीले बताए। भोलीको खेल समपुर्ण एफसी भर्सेस डि युनीटीबीच दिउसो ३ बजे हुने सचिव कृष्ण खनालले बताए।
सो प्रतियोगिताको मुख्य प्रायोजकका स्व: रन बहादुर भण्डारीको स्मृतिमा श्रीमती चमेली भण्डारी, छोराबुहारी बिकास र अञ्जना छोरीहरु शिवकुमारी , कल्पना र फुलमाया रहेका छन् भने सह प्रायोजकका रुपमा भण्डारी ब्रदर्श रहेका छन्।
कमेन्ट गर्नुहोस्