लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

अझ रोमाञ्चक बन्दै न्यु राइज नकआउट फुटबल : एकैदिनमा ३ खेल

IMG

तिलोत्तमा,२०८० माघ १ गते । न्यु राइज युथ क्लब तिलोत्तमा-१३ बभनीमा जारी न्यु राइज कप पुरुष फुटबल प्रतियोगिताको चौथो संस्करणको आज सम्पन्न ३ खेलमा समपुर्ण, आयोजक र डि युनिटी बिजयी भएका छन । आज सम्पन्न पहिलो खेलमा समपूर्ण युवा क्लब सुपौलीले अमुवा एफ सी अमुवालाई १ का बिरुद्ध २ गोल गर्दै अग्रता लिएको छ। समपुर्णको तर्फबाट साबि गुरुङ र रोहित पुनले १/१ गोल गरे भने समपुर्ण कै तर्फबाट उत्तम थापाले आत्मघाती गोल गर्दै अमुवालई शुन्यता बाट जोगाईदिए। राम्रो खेल प्रदर्शन गरेका समपुर्नका स्ट्राइकर साबि गुरुङ खेलमा म्यान अफ द म्याच समेत घोषित भए। 


त्यस्तै आज आयोजित दोस्रो खेलमा आयोजक न्यु राइज युथ क्लबले ह्वाइट लोटस नयाँ गाउँलाई ० का बिरुद्ध ५ गोल गर्दै सेमीफ़ाइनल प्रवेश गरेको छ। आयॉजकको तर्फबाट आयुष गुरुङले ३ गोल गरे भने मनिष पुन र इन्द्र भण्डारीले १/१ गोल गरे भने रेहराको तर्फबाट कुनै पनि गोल हुन सकेन। सहज जित पारेको  आयोजकले दोस्रो खेलको म्यान अफ द म्याच क्लबका आयुष गुरुङलाइ बनायो। 


३ खेल मध्येको आजको अन्तिम खेलमा डि युनिटि खैरेनीले चपरहट्टि एफ सी चपरहट्टिलाई ट्राइब्रेकरमा ५-३ गोल अन्तरले हराएको छ। निर्धारित समय भित्र दुवै टिम बाट १/१ गोल भएपछी खेल पेनाल्टी शुटआउटमा गएको थियो।खेलमा डि युनिटीको तर्फबाट नवराज थापाले गोल गरेका थिए भने चपरहट्टिको तर्फबाट अनुप गुरुङले गोल गरेका थिए। खेल ट्राइब्रेकरमा गएपछि गोलाकिप्परको राम्रो रोकावटले खेललाई डी युनिटीको पोल्टामा पार्न सफल भए। निकै रोमाञ्चक बनेको खेलको म्यान अफ द म्याच डि युनिटिका गोलाकिप्पर बिशाल चौबे बने । 


१६ टिम  सहभागी भएको प्रतियोगिता माघ ६ गतेसम्म चल्ने क्लबका सचिव कृष्ण खनालले बताए। प्रतियोगिता तिलोत्तमा नगरपालिका वडा नम्बर १३ स्थित् बभनी भुतपुर्व सैनिक आधारभुत बिद्यालयको खेल मैदानमा भैरहेको छ। प्रतियोगितामा बिजेताले ७५ हजार पाउने छन् भने उपविजेताले ४४ हजार प्राप्त गर्ने छन्।  विधागत रुपमा उत्कृस्ट खेलाडीलाई समेत नगद सहित ट्रफी प्रदान गरिने क्लबका अध्यक्ष बिष्णु पराजुलीले बताए। भोलि एकैदिन २ खेल हुने आयोजकले बताएको छ। भोलीको पहिलो खेल तिलोत्तमा ११ भर्सेस नवयुवा खेलकुद तथा सांस्कृतिक परिवार ठुटिपिपल र दोस्रो खेल डि वाई सी भर्सेस समपुर्ण बीच हुने सचिव कृष्ण खनालले बताए।सो प्रतियोगिताको मुख्य प्रायोजकका स्व: रन बहादुर भण्डारीको स्मृतिमा श्रीमती चमेली भण्डारी, छोराबुहारी बिकास र अञ्जना छोरीहरु शिवकुमारी , कल्पना र फुलमाया रहेका छन् भने सह प्रायोजकका रुपमा भण्डारी ब्रदर्श रहेका छन्।  



कमेन्ट गर्नुहोस्