लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

न्यु राइज नकआउट फुटबल : सेमिफाइनल यात्रा शुरु

IMG

तिलोत्तमा,२०८० माघ २ गते । दिनानुदिन रोमाञ्चक बन्दै गैरहेको न्यु राइज युथ क्लब तिलोत्तमा-१३ बभनीमा जारी न्यु राइज कप पुरुष फुटबल प्रतियोगिताको चौथो संस्करणको आज सम्पन्न २ खेलमा नवयुवा खेलकुद तथा सांस्कृतिक परिवार ठुटिपिपल र समपुर्ण एफसी बिजयी भएका छन । आज सम्पन्न पहिलो खेलमा समपूर्ण युवा क्लब सुपौलीले डिवाइसीलाई  १ का बिरुद्ध ५ गोल गर्दै अग्रता लिएको छ। समपुर्णको तर्फबाट रोहित पुन म्यान अफ द म्याच समेत घोषित भए।त्यस्तै आज आयोजित दोस्रो खेलमा आयोजक नव युवा खेलकुद तथा सांस्कृतिक परिवार ठुटिपिपलले तिलोत्तमा-११ लाई १ का बिरुद्ध ३ गोल गरेको थियो।सो खेलमा आयुष बुढाथोकी म्यान अफ द म्याच भएका थिए । 


१६ टिम  सहभागी भएको प्रतियोगिता माघ ६ गतेसम्म चल्ने क्लबका सचिव कृष्ण खनालले बताए। प्रतियोगिता तिलोत्तमा नगरपालिका वडा नम्बर १३ स्थित् बभनी भुतपुर्व सैनिक आधारभुत बिद्यालयको खेल मैदानमा भैरहेको छ। प्रतियोगितामा बिजेताले ७५ हजार पाउने छन् भने उपविजेताले ४४ हजार प्राप्त गर्ने छन्।  विधागत रुपमा उत्कृस्ट खेलाडीलाई समेत नगद सहित ट्रफी प्रदान गरिने क्लबका अध्यक्ष बिष्णु पराजुलीले बताए। प्रतियोगिताको मुख्य प्रायोजकका स्व: रन बहादुर भण्डारीको स्मृतिमा श्रीमती चमेली भण्डारी, छोराबुहारी बिकास र अञ्जना छोरीहरु शिवकुमारी , कल्पना र फुलमाया रहेका छन् भने सह प्रायोजकका रुपमा भण्डारी ब्रदर्श रहेका छन्। 


कमेन्ट गर्नुहोस्