
तिलोत्तमा,२०८० पौष २८ गते ।न्यु राइज युथ क्लब तिलोत्तमा-१३ बभनीको आयोजनामा भैरहेको न्यु राइज कप पुरुष फुटबल प्रतियोगिताको चौथो संस्करणको आज सम्पन्न २ खेलमा डि वाई सी र न्यु सृजना युवा कलब बिजयी भएका छन । आज सम्पन्न पहिलो डिवाइसी सियारी र जेवाइसी सखुवानी बिचको निर्धारित समयको खेलमा १/१ गोलको बराबरी भएपछी खेल ट्राइब्रेकरमा गएको थियो। ट्राइब्रेकरको सदुपयोग गर्दै जेवाइसीलाई पाखा लगाएर डिवाइसी बिजयी भएको हो। डिवाइसीको तर्फबाट सुगमन सिंह ठकुरीले खेलमा १ गोल गरेका थिए भने जेवाइसिका तर्फबाट झाके गुरुङले १ गोल गरेका थिए। खेलमा डिवाइसीका यम क्षेत्री म्यान अफ द म्याच घोषित भए।
त्यस्तै आज आयोजित दोस्रो खेलमा शुद्धोधन खेलकुद समिति र न्यु सृजना यूवा क्लब बिचको खेलमा पनि १/१ गोलको बराबरी भएपछी खेल ट्राइब्रेकरमा गएको थियो।खेलमा शुद्धोधन को तर्फबाट निजाम अलीले १ गोल गरे भने न्यु सृजनाको तर्फबाट बिनोद रानाले गोल गरेका थिए। ट्राइब्रेकरको भरपुर सदुपयोग गर्दै न्यु सृजना युवा क्लबले ३ का बिरुद्ध ५ गोलले खेलमा जित हात परेको थियो।दोस्रो खेलको म्यान अफ द म्याच न्यु सृजनाका सन्दिप मगर भएका थिए।
१६ टिम सहभागी भएको प्रतियोगिता माघ ६ गतेसम्म चल्ने क्लबका सचिव कृष्ण खनालले बताए। प्रतियोगिता तिलोत्तमा नगरपालिका वडा नम्बर १३ स्थित् बभनी भुतपुर्व सैनिक आधारभुत बिद्यालयको खेल मैदानमा भैरहेको छ। प्रतियोगितामा बिजेताले ७५ हजार पाउने छन् भने उपविजेताले ४४ हजार प्राप्त गर्ने छन्। विधागत रुपमा उत्कृस्ट खेलाडीलाई समेत नगद सहित ट्रफी प्रदान गरिने क्लबका अध्यक्ष बिष्णु पराजुलीले बताए। भोलिको पहिलो खेल बिजी वाईज कोटिहवा भर्सेस संजीवनी युवा क्लब देवीनगर बीच हुने छ भने दोस्रो खेल तिलोत्तमा-११ तिलोत्तमा भर्सेस रेहरा एफसी रेहरा बीच हुने सचिव कृष्ण खनालले बताए।
सो प्रतियोगिताको मुख्य प्रायोजकका स्व: रन बहादुर भण्डारीको स्मृतिमा श्रीमती चमेली भण्डारी, छोराबुहारी बिकास र अञ्जना छोरीहरु शिवकुमारी , कल्पना र फुलमाया रहेका छन् भने सह प्रायोजकका रुपमा भण्डारी ब्रदर्श रहेका छन्।
कमेन्ट गर्नुहोस्