लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा स्तरीय सामुदायिक बिद्यालय भलिबलको उपाधी जनज्योती माविलाई

IMG

तिलोत्तमा,२०८० पौष २९ गते । रुपन्देहीको तिलोत्तमा—८ दिपनगरमा शुक्रबारदेखि शुरु भएको सामुदायिक विद्यालय शिक्षक कर्मचारी भलिबल प्रतियोगिताको उपाधी जनज्योति मावि तिलोत्तमा-४ डिङ्गरनगरले जितेको छ। आइतबार भएका सेमिफाइनल खेलबाट जितेर आएका जनाज्योतिले जनता मावि मोहनाजोत भाठालाई ५ सेटमा ३ सेट जित्दै नतिजा आफ्नो पोल्टामा पारेको हो। प्रतियोगितामा शान्ति नमुना मावि मणिग्राम तेस्रो भएको छ भने आधारभुत विद्यालयहरुको टिम चौथो स्थानमा सिमित रह्यो।


प्रतियोगिता सोचेभन्दा एकदमै रमाइलो र बिद्याल बिचको मैत्रीपुर्ण बाताबरणलाई थप टेवा पुगेको आयोजक विद्यालय जनभावना माविका प्रअ शम्भु प्रसाद पराजुलीले खुसि व्यक्त गर्नुभयो। राष्ट्रिय एकता दिवशको अवसर पारि शुक्रबारबाट शुरु प्रतियोगितामा प्रथम हुने टोलीले नगद पुरस्कार रु १७ हजार ७ सय ७७ रुपैया सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो हुनेले नगर रु १३ हजार ३ सय ३३ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने तेस्रो हुनेले ९ हजार ९  सय ९९ र चौथो हुनेले ५ हजार ५ सय ५५ रुपैया सहित नगद र ट्रफी पाएका छन्।प्रतियोगितामा विधागततर्फ उत्कुष्ट खेल प्रर्दशन गर्ने शिक्षक कर्मचारीहरुलाई समेत पुरस्कारको ब्यवस्था गरिएको थियो। जसमा बेस्ट सेटर तर्फ जनता माविका ईन्द्र प्रसाद पाण्डे, बेस्ट प्लेयेरमा जनाज्योतिका अमृत काफ्ले भएका थिए। प्रतियोगितामा १५ मा वि र आधारभूत विद्यालयहरुको एक संयुक्त टिम गरी जम्मा १६ समूहको सहभागिता रहेको छ । 


प्रतियोगितामा बिजेता उपविजेता तथा तेस्रो र चौथो हुने सबैलाई पुरस्कार प्रदान गरि समापन कार्यक्रममा बोल्दै नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख गंगाराम आचार्यले खेल मार्फत बिद्यालयको आपसी भाईचारा बढाउने तथा परिचित बनाउन र स्वास्थ्यका लागि समेत एउटा उर्जा दिन यस्तो खेलले राम्रो संदेश दिने बताउदै भब्य कार्यक्रमको आयोजना गर्ने जनभावनालाई धन्यबाद ज्ञापन गर्नुभयो।  सो अवसरमा पुर्व जिसिअ टेक बहादुर थापा, प्रधानाध्यापक हरु कुलचन्द्र लामिछाने, चन्डीप्रसाद पाण्डे , बेद प्रसाद भट्टराई,डोलराज पाण्डे, मनोज केसी, शम्भु पराजुली लगायतको उपस्थिति रहेको थियो। 

कमेन्ट गर्नुहोस्