
तिलोत्तमा, पौष २७ गते २०८०। न्यु राइज युथ क्लब तिलोत्तमा-१३ बभनीको आयोजनामा आज देखि शुरु भएको न्यु राइज कप पुरुष फुटबल प्रतियोगिताको चौथो संस्करणको उद्घाटन खेलमा झरनालाई ० का बिरुद्ध ४ गोल गर्दै नव युवा सांस्कृतिक मंच ठुटिपिपल बिजयी भएको छ । नव युवा सांस्कृतिक मंच ठुटिपिपलको तर्फबाट जर्सी नम्बर १४ का बिशाल सुनारले ३ गोल गरे भने जर्सी नम्बर १० का सरोज दर्लामीले थप १ गोल गरे। खेलमा म्यान अफ द म्याच बिशाल सुनार बने।
आज आयोजित उद्घाटन खेलको समुद्घाटन कार्यक्रममा रेसुङ्गा एफसीले आयोजना गरेको अन्डर १५ मा बिजेता क्लबका सदस्यहरुलाई सम्मान पनि गरिएको थियो। क्लबका अध्यक्ष बिष्णु प्रसाद पराजुलीको अध्यक्षता तथा प्रमुख अतिथि तिलोत्तमा नगरपालिका-१३ का अध्यक्ष नारायण ढकाल, कार्यपालिका सदस्य रवि सेन्चुरी, वडा सदस्य केशव भण्डारी, मुख्य प्रायोजक चमेली भण्डारी, लगायतले खेलाडीहरुलाई सम्मान गर्नुभएको थियो। १६ टिम सहभागी रहने प्रतियोगिता माघ ६ गतेसम्म चल्ने क्लबका सचिव कृष्ण खनालले बताए। प्रतियोगिता तिलोत्तमा नगरपालिका वडा नम्बर १३ स्थित् बभनी भुतपुर्व सैनिक आधारभुत बिद्यालयको खेल मैदानमा भैरहेको छ। प्रतियोगितामा बिजेताले ७५ हजार पाउने छन् भने उपविजेताले ४४ हजार प्राप्त गर्ने छन्। विधागत रुपमा उत्कृस्ट खेलाडीलाई समेत नगद सहित ट्रफी प्रदान गरिने क्लबका सदस्य बिबेक खडकाले बताए।भोलिको पहिलो खेल जेवाइ सी सखुवानी र डिवाइसी सियारी १ का बीच हुने छ भने दोस्रो खेल सुद्धोदन खेलकुद समिति शुद्धोदन र न्यु सृजना युवा क्लब करौजिया बीच हुने सचिव कृष्ण खनालले बताए।
समुद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि ढकालले खेल मार्फत युवाहरुलाई एकताको सुत्रमा बाध्न क्लबले आयोजना गरेको यस्तो प्रतियोगिताले खेलाडीमा उत्साह थप्ने बताउनुभयो। सो अवसरमा बोल्दै कार्यपालिका सदस्य रवी सेन्चुरीले युवा मैत्री नगरपालिकाको परिकल्पना युवा लक्षित कार्यक्रमले पुरा गर्ने हुँदा प्रतियोगिताको सफलताको कामना गर्नुभएको थियो। सो प्रतियोगिताको मुख्य प्रायोजकका स्व: रन बहादुर भण्डारीको स्मृतिमा श्रीमती चमेली भण्डारी, छोराबुहारी बिकास र अञ्जना छोरीहरु शिवकुमारी , कल्पना र फुलमाया रहेका छन् भने सह प्रायोजकका रुपमा भण्डारी ब्रदर्श रहेका छन्। संगठित युवा आजको आवश्यकता भन्ने मुल नाराका साथ् स्थानिय तथा राष्ट्रिय स्तरका खेलाडीको प्रतिभा प्रस्फुटन गर्ने उदेश्यले सो प्रतियोगिता गरिएको आयोजकको भनाई छ।
कमेन्ट गर्नुहोस्