लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नवसोच एकता क्लबको खुल्ला भलिबलको उपाधी झरना स्पोर्ट्स कुञ्जलापुरलाई

IMG

तिलोत्तमा,पौष २७ गते । तिलोत्तमा-१६ मा जारी प्रथम वडा कप माउण्ट एभरेस्ट खुल्ला भलिबल प्रतियोगिता २०८० को उपाधि झरना स्पोर्ट्स क्लबले जितेको छ। राष्ट्रिय एकता दिवशको अवसर पारि आयोजित प्रतियोगितामा झरनाले न्यु हिउचुली क्लब बोहियालाई २-० को सोझो सेटमा हराउदै बिजयी भएको हो।नवसोच एकता क्लब तिलोत्तमा १६ को आयोजनामा बुधबारबाट शुरु भएको प्रतियोगितामा रुपन्देही र नवलपरासीका नेपाल प्रहरीका विभागीय टोली सहित कुल १४ टोलीको सहभागिता रहेको थियो।प्रतियोगितामा बेस्ट स्टाइकर झरना स्पोर्ट्सका लोचन आले बेस्ट डिफेन्डर हिउचुली बोहियाका राज खवास भए भने बेस्ट प्लेयर ( म्यान अफ द म्याच ) संगम श्रीस बनेका छन्।   


प्रतियोगितामा प्रथम हुने झरना स्पोर्ट्स क्लबले नगद पुरस्कार रु ३० हजार सहित मेडल र ट्रफी प्राप्त गरेको छ भने दोस्रो हुने न्यु हिउचुली क्लब बोहियाले नगर रु १५ हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजक नवसोच एकता क्लवका अध्यक्ष मुक्ति बस्यालले जानकारी दिएका छन । त्यस्तै गरि सेमिफाइनल पुग्ने अन्य दुइ टोलीले समेत नगद रू ५/५ हजार पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा तिलोत्तमा वडा न १६, माउण्ट एभरेष्ट कत्था मिल्स प्रालि र अन्नपुर्ण एग्रो इण्डष्ट्रिज प्रालि को मुख्य प्रायोजन रहेको थियो । कार्यक्रमको समापन समारोहमा वडा अध्यक्ष झविलाल भुसालले प्रतियोगितामा प्रथम दित्तीय र सेमिफ़ाइनालिस्टलाई पुरष्कार प्रदान गर्नुभएको थियो। 

कमेन्ट गर्नुहोस्