
तिलोत्तमा, पौष २७ गते २०८०।तिलोत्तमा नगरस्तरिय छैटौ सामुदायिक बिद्यालय शिक्षक कर्मचारी भलिबल प्रतियोगिता–२०८० आजबाट शुरु भएको छ । जनभावना माविको आयोजनामा रहेको प्रतियोगितामा तिलोत्तमा नगर भित्रका सामुदायिक बिद्यालयहरुको सहभागिता रहेको छ । राष्ट्रिय एकता दिवशको अवसर पारि शुक्रबारबाट शुरु प्रतियोगितामा प्रथम हुने टोलीले नगद पुरस्कार रु १७ हजार ७ सय १७ रुपैया प्राप्त गर्नेछ भने दोस्रो हुनेले नगर रु १३ हजार ३ सय ३३ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक जनभावना माविले जनाएको छ ।
त्यस्तै गरि सेमिफाइनल पुग्ने अन्य दुइ टोलीमा तेस्रो हुनेले ९ हजार ९ सय ९९ र चौथो हुनेले समेत नगद रू ५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिताको उद्धघाटनका दिन शुक्रबार ३ खेल सम्पन्न भएका छन । पहिलो खेलमा शिवपुर माविलाई हराउदै पश्चिम पहुनी मावि दोस्रो चरणमा प्रवेश गरेको छ भने गौतम बुद्द माविलाई हराउदै शान्ति मावि र जनता माविलाई हराउदै आधारभुत विद्यालयको टोली अघिल्लो चरणमा प्रवेश गरेका छन । शुक्रबार आयोजित उद्घघाटन कार्यकममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाडले खेलको माध्यमबाट समजमा उदाहरणीय बन्न सकिने बताए। साथै उनले खेल मानव जीवनका लागी अपरिहार्य रहेको भन्दै खेलबाटै नाम र दाम कमाउने अवस्था रहेकाले खेलाडीहरुलाई उच्च मनोबलका साथ खेल प्रर्दशन गर्न आग्रह गरे ।
जनभावना माविका बिद्धालय व्यवस्थापन समिती अध्यक्ष कृष्ण बहादुर खत्रीको अध्यक्षता रहेको उदघाटन समारोहमा विभिन्न विद्यालयका प्रअ, शिक्षक कर्मचारी, राजनैतिक दलका प्रतिनिधी, समाजसेवी लगायतको सहभागिता रहेको थियो । जनभावना माविका प्रअ शम्भु प्रसाद पराजुलीले स्वागत मन्तब्य दिएको उदघाटन समा्रोहको संन्चालन शिक्षक शालिकराम भुसालले गरेका थिए । प्रतियोगिता पौष २९ गतेसम्म चल्नेछ ।
कमेन्ट गर्नुहोस्