लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

क्यानले सन्दीप लामिछानेलाई गर्‍यो निलम्बन

tillotmacitynews - 2024 Jan 11 08:09 PM
IMG

तिलोत्तमा सिटी ,२०८० पुष २६ गते । नेपाल क्रिकेट संघ क्यानले सन्दीप लामिछानेलाई निलम्बन गरेको छ । लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय कुनै पनि प्रतियोगिता खेल्न नपाउने गरी निलम्बन गरिएको हाे । अध्यक्ष चतुरबहादुर चन्दले एक विज्ञप्ति जारी गर्दै अदालतले दोषी ठहर्‍याएको हुँदा निलम्बन गरिएको बताएका छन् ।काठमाडौं जिल्ला अदालतले बलात्कार आरोपमा दोषी ठहर गर्दै बुधबार लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको थियो । 


‘राष्ट्रिय टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई जबरजस्ती करणीको मुद्दामा कसुर कायम गरी सजाय निर्धारण गिरएको र सम्मानित अदालतके आदेश  अनुसार फौजदारी मुद्दामा दोषी ठहर भइ सजाय निर्धारण समेत भएकाले निज सन्दीप लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय कुनै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन गरिएको जानकारी गराउँदछौं ।’ विज्ञप्तीमा भनिएको छ । 

कमेन्ट गर्नुहोस्