लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नवसोंच एकता क्लबको भलिबल शुरु, उद्घाटन खेलमा होराइजन बिजयी

IMG

तिलोत्तमा, पौष २५ गते २०८०।रुपन्देहीको तिलोत्तमा-१६ पर्सहवामा रहेको नवसोंच एकता क्लबको आयोजनामा "प्रथम वडा कप माउण्ट एभरेस्ट खुल्ला नकआउट भलिबल प्रतियोगिता -२०८०" को शुभारम्भ भएको छ। स्थानिय तथा राष्ट्रिय स्तरका खेलाडीहरुको सहभागिता रहने सो प्रतियोगिताको अतिथिका रुपमा रहेका माउन्ट एभरेस्ट कथ्था उद्योगका बसन्त रोक्का , वडा नम्बर-१६ का अध्यक्ष झविलाल भुसाल लगायतको उपस्थितिमा उद्घाटन गरिएको छ।


सामाजिक सेवामा अग्रसर तथा सामाजिक क्रियाकलापमा सधै अगाडी रहेको नव सोंच युवा क्लब तिलोत्तमा-१६ को आयोजनामा आजबाट शुरु भएको प्रथम माउण्ट एभरेस्ट भलिबल प्रतियोगितामा न्यु होराइजन बिजायी भएको छ।आज भएको उद्घाटन खेलमा न्यु होराइजन भलिबल क्लबले वडा नम्बर १६ लाई २०/२५ र १८ २५ को सेटमा बिजयी बनेको छ । उद्घाटन खेलमा परेको न्यु होराइजन शंकरपुर् युथ क्लब खेलमा सहभागी हुन न आएपछि वडा नम्बर-१६ संग मैत्रीपूर्ण खेल खेलेर बिजयी भएको हो। भोलि बिहान १० बजे देखि ६ वटा खेल हुने आयोजकका तर्फबाट क्लबका अध्यक्ष मुक्ती बस्यालले बताए। 


राष्ट्रिय एकता दिवशको अवसर पारि बुधबारबाट शुरु प्रतियोगितामा रुपन्देही र नवलपरासीका नेपाल प्रहरीका विभागीय टोली सहित कुल १४ टोलीको सहभागिता रहेको छ । प्रगियोगितामा प्रथम हुने टोलीले नगद पुरस्कार रु ३० हजार प्राप्त गर्नेछ भने दोस्रो हुनेले नगर रु १५ हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक नवसोच एकता क्लवले जनाएको छ । त्यस्तै गरि सेमिफाइनल पुग्ने अन्य दुइ टोलीले समेत नगद रू ५÷५ हजार पुरस्कार प्राप्त गर्ने छन् ।  हिजो आयोजित उद्घाटन कार्यकममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका तिलोत्तमा वडा न १६ अधक्ष झविलाल भुसालले, खेलको माध्यमबाट समजमा उदाहरणीय बन्न सकिने बताउनुभयो । साथै उहाले खेल मानव जीवनका लागी अपरिहार्य रहेको भन्दै खेलबाटै नाम र दाम कमाउने अवस्था रहेकाले खेलाडीहरुलाई उच्च खेल प्रर्दशन गर्न आग्रह गर्नुभयो । क्लवका अध्यक्ष मुक्ति बस्यालको अध्यक्षता रहेको उदघाटन समारोहमा जिल्ला समन्वय समिति रुपन्देहीका सदस्य रिषिराम बस्याल, माउन्न्ट एवेरेस्ट कत्था मिल्सका प्रवन्ध निर्देहक बसन्त रोक्का क्षेत्री लगायतले मन्थब्य दिनुभएको थियो । कलवका उपाध्यक्ष रामचन्द्र पाण्डेले स्वागत मन्तब्य दिनुभएको कार्यक्रमको संचालन पत्रकार प्रकाश पाण्डेले गर्नुभएको थियो । प्रगियोगिता पौष २७ गतेसम्म चल्नेछ ।


खेलमा देश भित्रका स्थानिय तथा राष्ट्रिय स्तरका १४ टिमको रोमाञ्चक खेल हेर्न पाइने खेलका परिकल्पनाकार पुरुषोत्तम सुबेदीले जानकारी गराए। स्थानिय स्तरमा भएको यस्तो खेलले युवाहरुलाई एकताको सुत्रमा बाध्न सहयोग गर्ने बताउदै सुबेदीले खेल अबलोकन गर्न सबैलाई हार्दिक निमन्त्रणा समेत गरेका छन् ।

  

कमेन्ट गर्नुहोस्