
तिलोत्तमा, पौष २५ गते २०८०। रुपन्देहीको टिकुलिगढमा जारि रहेको नव टिकुलिगढ युवा क्लब द्वारा आयोजित नक आउट फुटबल प्रतियोगिताको फाइनल खेल सम्पन्न भएको छ। आज भएको फाइनल खेलमा अमुवा एफसी लाई ० को बिरुद्ध न्यु सृजना एफसीले २ गोल गरेको छ। न्यु सृजनाको तर्फबाट खेलको ४ मिनेटमै जर्सी नम्बर ११ का प्रवेश क्षेत्री ले १ गोल गरे भने खेलको २५ मिनेटमा जर्सी नम्बर ७ का बिशाल सुनारले थप १ गोल गर्दै खेलाई अग्रता दिलाए। खेलमा म्यान अफ द म्याच न्यु सृजनाका गोलाकिप्पर जर्सी नम्बर २२ का बिष्णु पल्ली मगर बने। त्यस्तै खेलमा सर्बाधिक गोल कर्ता न्यु सृजनाकै प्रवेश क्षेत्री भएका छन् भने सर्बोत्कृस्ट खेलाडी अमुवा एफसिका सुजन रानामगर बने। त्यस्तै उदयीमान खेलाडीको पगरी न्यु राइज युथ क्लबका ईन्द्र भण्डारीले गुथे।
समापन खेलको प्रमुख अतिथिको रुपमा आउनुभएका तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाणले युवाहरुलाई जोड्ने गरि आयोजना गरिएको खेलकुदले स्वास्थ्य संगै राष्ट्रका लागि समेत ठुलो योगदान गरेको बताउनुभएको छ। प्रतियोगितामा बिजेता र उपविजेतालाई मेडल ट्रफी नगद सहित सम्मान गर्दै नगर प्रमुख खाणले ग्रामिण तहमा गरिएको यस्ता खाले प्रतियोगिताले देशकै खेल जगतमा ठुलो छाप पार्ने र युवाहरुमा प्रतिभा प्रस्फुटन गर्न मद्धत् गर्ने बताउनुभयो। प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै वडा अध्यक्ष पौडेलले नव टिकुलिगढ युवाक्लबले देखेको समाज सुधारमा निकै लागिपरेको र खेलकुद क्षेत्रको बिकासमा योगदानकोदिएको प्रति खुसि ब्यक्त गर्नुभयो। सो अवसरमा बोल्दै कार्यपालिका सदस्य रवि सेन्चुरीले स्थानिय स्तरमा खेलको माध्यम बाट युवा मैत्री स्थानिय शासन निर्माणमाजोड दिदै समाजका हरेक क्रियाकलापमा जोड्न युवालाई प्रेरित गरेको प्रति खेलका आयोजकलाई धन्यबाद दिनुभएको थियो।
सो अवसरमा तिलोत्तमा नगरपालिकाका वडा नम्बर १४ का अध्यक्ष आश्विन पौडेल, कार्यपालिका सदस्य रवी सेन्चुरी, जिल्ला फुटबल संघका अध्यक्ष लोक पुन, वडा सदस्यहरु तथा स्थानिय सरोकारवालाहरुले खेलकुदको विकासले समाजलाई सहि दिशा तिर डोर्याउने बताउनुभयो। खेलको समापन गर्दै क्लबका अध्यक्ष बिजय गुरुङले खेलमार्फत सहयोग गर्ने तथा प्रतियोगितामा प्रायोजक बनेर खेल हेरेर सहभागी भएर सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभएको थियो।
कमेन्ट गर्नुहोस्