लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नव टिकुलिगढको मैत्रीपूर्णखेलमा रिमिक्स भेट्रान बिजयी, प्रतियोगिताको उपाधिकालागी अमुवा र न्यु सिर्जना भिड्दै

IMG

तिलोत्तमा,पौष २४ गते २०८० /नव टिकुलिगढ़ युवा क्लबको फाइनल उपाधिका लागि खेल हुन एक दिन अगाडी भेट्रान मैत्रीपूर्ण खेल खेलाइएको छ। निकै रमाइलो खेलमा तिलोत्तमा भेट्रान र रिमिक्स भेट्रान बीच भएको खेलमा ३ का बिरुद्ध ६ गोल गर्दै रिमिक्स भेट्रान बिजयी भएको छ। टिकुलिगढ़ स्थित खेल मैदानमा भएको आजको मैत्रीपुर्ण खेलमा रिमिक्स भेट्रानको तर्फबाट अजय थापाले २ गोल र निर्मल थापा, बिकास शाही , झग बहादुर गुरुङ,गिरि पुनले १/१ गोल गर्दै ६ गोल पुर्याएका थिए भने तिलोत्तना भेट्रानको तर्फबाट अशोक थापा, मोहन सिरिस, युवराज गुरुंगले १/१ गोल गर्दै ३ गोल मात्र गरेका थिए। खेलमा म्यान अफ द म्याच रिमिक्स भेट्रानका जर्सी नम्बर ६ का निर्मल थापाले प्राप्त गरेका थिए। तिलोत्तमा भेट्रानको टिम क्याप्टेन मा मुक्त बहादुर गुरुङ रहेका थिए भने रिमिक्स भेट्रानलाई क्याप्टेन तारा मल्लले लिड गरेका थिए। 


प्रतियोगितामा भेट्रान तर्फ बिजयी र उपबिजयी तिम्लाई तिलोत्तमा नगरपालिका वडा नम्बर १४ का अध्यक्ष अस्बिंन पौडेल, कार्यपालिका सदस्य रवी सेन्चुरी, क्लबका अध्यक्ष बिजय गुरुङलगायतले ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरेका थिए। 


अमुवा फुटबल क्लब, अमुवा र न्यु सिर्जना युथ क्लब, करौजिया यहाँ जारी स्व. गंगादेवी गुरुङ स्मृति दोस्रो नव टिकुलीगढ कपको फाइनलमा उपाधिका लागि भिड्ने भएका छन् ।प्रतियोगिता अन्तर्गत फाइनल खेल यही पुस २५ गते बुधबार अमुवा र न्यु सिर्जना बीच हुने खेल संयोजक बिनोद गुरुङले जानकारी दिए । नव टिकुलीगढ युवा क्लब, तिलोत्तमा–१४, टिकुलीगढको आयोजनामा आउँदो पुस २५ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४४,४४४ रुपैयाँ हात पार्नेछ भने उपविजेताले २२,२२२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

कमेन्ट गर्नुहोस्