
तिलोत्तमा सिटी,२०८० पुष २२ गते । रूपन्देहीको तिलाेत्तमा नगरपालिका १४ मा जारी दाेस्राे सेभेन ए साइड नकअाउट फुटबल प्रतियोगिताअन्तर्गत अाइतबार दुई खेल सम्पन्न भएका छन् । आइतबारको पहिलो खेल अमवा एफ.सी अमुवा २-० झरना स्पोर्टस क्लब कुञ्जलापुरबिच भएकाे छ । साे खेलमा अमुवा एफसीले झरना स्पाेर्टस क्लबलाई ० का विरूद्ध २ गाेल गरी विजयी भएकाे छ । खेलमाअमवा एफ.सी अमवाका जर्सी नम्बर १० का खेलाडी आशिष रानाले म्यान अफ द म्याच भएका छन् ।
आइतबारकै दोस्रो खेल न्यु सृजना एफ.सी करौजिया र राधाकृष्ण एफ.सी दल्काबिच भएकाे थियाे । खेलमा न्यू सृजना एफसी कराैजियाले राधाकृष्ण एफसीलाई १ का विरूद्ध २ गाेल गरि विजयी भएकाे खेल संयाेजक विनाेद गुरूङले बताए । खेलकाे राधाकृष्ण एफ.सी का शोभित बुढाथोकी म्यान अफ द म्याच बनेका छन् ।
साेमबारको सेमिफाइनलको पहिलो खेल पिपिसी भलवारी र अमवा एफ.सी अमवाबिच हुनेछ । भने दोस्रो खेल न्यु राइज एफ.सी अमवा र न्यु सृजना एफ.सी करौजियाबिच हुने संयाेजक गुरूङले जानकारी दिए । स्वर्गीय गंगा गुरूङकाे स्मृतिमा यही पाैष १२ गतेबाट सुरू भएकाे प्रतियोगिता नव टिकुलीगढ युवा क्लवकाे अायाेजनामा भएकाे हाे । प्रतियोगितामा प्रथम हुने समूहले रू ४४ हजार ४ सय ४४ ट्रफी र मेडल प्राप्त गर्ने छ भने दाेस्राे हुने समूहले रू २२ हजार २ सय २२ प्राप्त गर्ने छन् । प्रतियोगितामा सर्वाधिक गाेलकर्ता , विधागत उत्कृष्ट खेलाडी र उदीयमान खेलाडीलाई जनही रू २५०० प्रदान गरिने छ । २६ समूहले प्रतिष्पर्धा गर्ने प्रतियोगिता यही पाैष २५ गतेसम्म सञ्चालन हुने क्लवका सदस्य दिपक श्रीसले बताए ।
कमेन्ट गर्नुहोस्