
तिलोत्तमा सिटी,२०८० पुष २१ गते । रूपन्देहीको तिलाेत्तमा नगरपालिकाको टिकुलिगढमा स्वर्गीय गंगा गुरूङकाे स्मृतिमा दाेस्राे सेभेन ए साइड नकआउट फुटबल प्रतियोगिता अन्तर्गत शनिबार दुई खेल सम्पन्न भएका छन् । जसअन्तर्गत पहिलो खेल नव टिकुलीगढ युवा क्लब र PCC भलवारी बिच भयो । साे खेलमा नव टिकुलीगढ युवा क्लबलाइ PCC भलवारीले ० को विरुद्द २ गोल गरी PCC भलवारी विजय भयो । भने उक्त खेलका म्यान अफ द म्याच PCC भलवारीको जर्सी नम्बर ८ का अन्कित रास्कोती मगर भए ।
साथै दाेस्राे खेल संञ्जिवनी युवा क्लब देविनगर र न्यु राइज एफ.सी बभनीबिच भयो । पुरा गेममा दुवै टिमले १ - १ गोल गरेकाले खेल पेनाल्टि सुटआउटमा गएको थियो । त्यस सुटआउटमा संञ्जिवनी युवा क्लबले २ गर्यो भने न्यु राइज एफ.सीले ३ गोल गरी न्यु राइज एफ.सीले जित हासिल गरेको हो । त्यस खेलमा म्यान अफ द म्याच न्यु राइज एफ.सी बभनीको जर्सी नम्बर ८ इन्द्र भण्डारी भएकाे खेल संयाेजक विनाेद गुरूङले जानकारी दिए ।
आइतबारको पहिलो खेल अमुवा एफ.सी अमुवा र झरणा स्पोर्टस कुञ्जलापुर आयोजक (B)बिच हुनेछ भने दाेस्राे खेल राधा कृष्ण एफ.सी डल्का र न्यु सृजना युवा क्लब करौजिया क्लब देवि नगरबिच हुने खेल संयाेजक गुरूङले बताए । स्वर्गीय गंगा गुरूङकाे स्मृतिमा यही पाैष १२ गतेबाट सुरू भएकाे प्रतियोगिता नव टिकुलीगढ युवा क्लवकाे अायाेजनामा भएकाे हाे । प्रतियोगितामा प्रथम हुने समूहले रू ४४ हजार ४ सय ४४ ट्रफी र मेडल प्राप्त गर्ने छ भने दाेस्राे हुने समूहले रू २२ हजार २ सय २२ प्राप्त गर्ने छन् । प्रतियोगितामा सर्वाधिक गाेलकर्ता , विधागत उत्कृष्ट खेलाडी र उदीयमान खेलाडीलाई जनही रू २५०० प्रदान गरिने छ । २६ समूहले प्रतिष्पर्धा गर्ने प्रतियोगिता यही पाैष २५ गतेसम्म सञ्चालन हुने क्लवका सदस्य दिपक श्रीसले बताए ।
कमेन्ट गर्नुहोस्