
तिलोत्तमा सिटी,२०८० पुष २० गते । रूपन्देहीको तिलाेत्तमा नगरपालिकाको टिकुलिगढमा स्वर्गीय गंगा गुरूङकाे स्मृतिमा दाेस्राे सेभेन ए साइड नकआउट फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार दुई खेल सम्पन्न भएका छन् । जसअन्तर्गत पहिलो खेल अमवा एफ.सी अमवा १ र नव जिवन एफ.सी तिलोत्तमा ६ बिच भयो । साे खेलमा कुनै गोल नभएकाले खेल पेनाल्टि सुटआउटमा गयो । पेनाल्टि सुटआउटमा अमवा एफ.सीले २ गोल र नव जिवन एफ.सीले १ गरी अमवा एफ.सी विजयी भयो । भने उक्त खेलका म्यान अफ द म्याच अमवा एफ.सी का जर्सी नम्बर ११ सुजन राना मगर भए ।
साथै दाेस्राे खेल नव टिकुलीगढ युवा क्लब आयोजक (ए) र न्यु शृजना एफ.सी करौजीयाबिच भयो । साे खेलमा न्यु शृजना एफ.सी ले नव टिकुलीगढ युवा क्लबलाइ ० का विरुद्व १ गोल गरी जित हासिल गरेको हो । त्यस खेलमा म्यान अफ द म्याच न्यु शृजना एफ.सी का गोल रक्षक बिष्णु पल्ली मगर भएकाे खेल संयाेजक विनाेद गुरूङले जानकारी दिए ।
शनिबारको पहिलो खेल PCC भलवारी र नव टिकुलीगढ युवा क्लब आयोजक (B)बिच हुनेछ भने दाेस्राे खेल न्यु राइज एफ.सी बभनि र संञ्जिवनी युवा क्लब देवि नगरबिच हुने खेल संयाेजक गुरूङले बताए । स्वर्गीय गंगा गुरूङकाे स्मृतिमा यही पाैष १२ गतेबाट सुरू भएकाे प्रतियोगिता नव टिकुलीगढ युवा क्लवकाे अायाेजनामा भएकाे हाे । प्रतियोगितामा प्रथम हुने समूहले रू ४४ हजार ४ सय ४४ ट्रफी र मेडल प्राप्त गर्ने छ भने दाेस्राे हुने समूहले रू २२ हजार २ सय २२ प्राप्त गर्ने छन् । प्रतियोगितामा सर्वाधिक गाेलकर्ता , विधागत उत्कृष्ट खेलाडी र उदीयमान खेलाडीलाई जनही रू २५०० प्रदान गरिने छ । २६ समूहले प्रतिष्पर्धा गर्ने प्रतियोगिता यही पाैष २५ गतेसम्म सञ्चालन हुने क्लवका सदस्य दिपक श्रीसले बताए ।
कमेन्ट गर्नुहोस्