लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

दाेस्राे सेभेन ए साइड नकआउट फुटबलमा पिपिसी भलबारी र न्यू राइज विजयी

tillotmacitynews - 2024 Jan 04 11:31 PM
IMG

तिलोत्तमा सिटी,२०८० पुष १९ गते । रूपन्देहीको तिलाेत्तमा नगरपालिकाको टिकुलिगढमा स्वर्गीय गंगा गुरूङकाे स्मृतिमा दाेस्राे सेभेन ए साइड नकआउट फुटबल प्रतियोगिता अन्तर्गत बिहिबार दुई खेल सम्पन्न भएका छन् । जसअन्तर्गत पहिलो खेलमा पिपिसी भलबारी र माछापुच्छ्रे क्लव भैरहवाबिच भयो । साे खेलमा पिपिसी भलबारीले माछापुच्छ्रे क्लव भैरहवालाई ०  का विरूद्ध  ५ गाेल गरी विजयी भएकाे हाे । साे खेलमा पिपिसी भलबारीका जर्सी नम्बर १२ का सुन्दर बगाले म्यान अफ द म्याच भए ।  


साथै दाेस्राे खेल न्यू राईज एफ.सी बभनी र योङ्ग स्टार एफ.सी मडाहाबिच भयो । साे खेलमा न्यू राइज एफ.सी बभनीले योङ्ग स्टार एफ.सी मडाहालाई ० का विरूद्ध २ गाेल गरी विजयी भएकाे छ । त्यस खेलमा न्यू राइज एफ.सी का सुमित मल्लाह म्यान अफ द म्याच भएकाे खेल संयाेजक विनाेद गुरूङले जानकारी दिए । 


शुक्रबारको पहिलो खेल अमवा एफ.सी अमवा र नव युवा खेलकूद तथा सांस्कृतिक परिवार ठुटिपिपलबिच हुनेछ भने दाेस्राे खेल नव टिकुलीगढ युवा क्लब ए र न्यू सृजना युवा क्लब करौजियाबिच हुने खेल संयाेजक गुरूङले बताए । स्वर्गीय गंगा गुरूङकाे स्मृतिमा यही पाैष १२ गतेबाट सुरू भएकाे प्रतियोगिता नव टिकुलीगढ युवा क्लवकाे अायाेजनामा भएकाे हाे ।  प्रतियोगितामा प्रथम हुने समूहले रू ४४ हजार ४ सय ४४ ट्रफी र मेडल प्राप्त गर्ने छ भने दाेस्राे हुने समूहले रू २२ हजार २ सय २२ प्राप्त गर्ने छन् । प्रतियोगितामा सर्वाधिक गाेलकर्ता , विधागत उत्कृष्ट खेलाडी र उदीयमान खेलाडीलाई जनही रू २५०० प्रदान गरिने छ । २६ समूहले प्रतिष्पर्धा गर्ने प्रतियोगिता यही पाैष २५ गतेसम्म सञ्चालन हुने क्लवका सदस्य दिपक श्रीसले बताए ।

कमेन्ट गर्नुहोस्