लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सन्दीपलाई अदालतले सजाय तोकेपछि मात्रै क्यानले बोल्छ : पारस खड्का

tillotmacitynews - 2024 Jan 04 03:59 PM
IMG

तिलोत्तमा सिटी,२०८० पुष १९ गते ।  नेपाल क्रिकेट संघ क्यानले सन्दीप लामिछानेबारे २५ पुसपछि मात्र धारणा सार्वजनिक गर्ने भएको छ ।बलात्कारको मुद्दामा दोषी ठहर भएका लामिछानेको सजाय तोक्न २५ पुसमा पेशी तोकिएको छ । क्यानका सचिव पारस खड्काले सन्दीपबारे त्यसपछि मात्र क्यानले आफ्नो धारणा सार्वजनिक गर्ने बताएका हुन् ।


उनका अनुसार सन्दीपका वकिल र त्रिकेट संघका कानुन सल्लाहकारसँग कुराकानी भएको थियो । उनले अघि भने, ‘२५ पुसमा के फैसला हुन्छ, त्यसपछि हामी बोल्छौं ।’ जिल्ला अदालत, काठमाडौंले गौशाला २६ माथि बलात्कार भएको घटनामा क्रिकेटर सन्दीप लामिछानेलाई गत शुक्रबार दोषी ठहर गरेको थियो । न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई दोषी ठहर गर्दै सजाय सुनाउन २५ पुसमा पेसी तोकेका छन् ।

कमेन्ट गर्नुहोस्