लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

दुवै खेल ट्राइब्रेकरमा, नव टिकुलीगढ र संञ्जिवनी युवा क्लब विजेता

tillotmacitynews - 2024 Jan 03 07:30 PM
IMG

तिलोत्तमा सिटी,२०८० पुष १८ गते । रूपन्देहीको तिलाेत्तमा नगरपालिकाको टिकुलिगढमा स्वर्गीय गंगा गुरूङकाे स्मृतिमा दाेस्राे सेभेन ए साइड नकआउट फुटबल प्रतियोगिता अन्तर्गत बुधबार दुई खेल सम्पन्न भएका छन् । जसअन्तर्गत पहिलो खेलमा नव टिकुलीगढ युवा क्लब आयोजक र सेमरी एफ.सी सेमरी बिच भएकाे खेल बराबरीमा सकिएपछि ट्राइब्रेकरमा गएको थियो। उक्त सुटआउटमा नव टिकुलीगढ युवा क्लबले ३ को बिरुद्द ४ गोल गरी जित हात पारेको थियो। खेलको म्यान अफ द म्याच आयोजक टिमका गोल रक्षक पेमा गुरुङ्ग हुन सफल भएर नगद रु २ हजार ५ सय सहित मेडल प्राप्त गरे।  


दाेस्राे खेल हाटी अमवा एफ.सी हाटी, अमुवा र संञ्जिवनी युवा क्लब,देवि नगरबिच भएकाे थियाे । साे खेलमा दुबै समूहबाट कुनै पनि गोल नभएपछी खेलमा पेनाल्टी सुटआउट भएकाे थियाे । ट्राइब्रेकरमा हाटी अमवा एफ.सीले २ गोल र  संञ्जिवनी युवा क्लबले ३ गोल गर्दौ दोस्रो चरणकाे खेलमा प्रवेश गरेको र उक्त खेलका म्यान अफ द म्याच संञ्जिवनी युवा क्लबका बिशाल थापा भएको खेल संयाेजक विनाेद गुरूङले जानकारी दिए ।


बिहिबारकाे पहिलाे खेल माछापुच्छ्रे एफ.सी भैरहवा भर्सेस पिसिसि भलवारीबिच हुनेछ । भने दोस्रो खेलन्यु राईज एफ.सी बभनी भर्सेस योङ्ग स्टार एफ.सी मडाहाबिच हुने क्लवका दिपक श्रीसले जानकारी दिए । यही पाैष १२ गतेबाट सुरू भएकाे प्रतियोगिता नव टिकुलीगढ युवा क्लवकाे आयाेजनामा भएकाे हाे ।  प्रतियोगितामा प्रथम हुने समूहले  रू ४४ हजार ४ सय ४४ ट्रफी र मेडल प्राप्त गर्ने छ भने दाेस्राे हुने समूहले रू २२ हजार २ सय २२ प्राप्त गर्ने छन् ।  प्रतियोगितामा सर्वाधिक गाेलकर्ता , विधागत उत्कृष्ट खेलाडी र उदीयमान खेलाडीलाई जनही रू २ हजार ५ सय प्रदान गरिने छ । खेलहरु टिकुलिगढ खेलमैदानमा हुने गर्दछन । प्रतियोगितामा २६ टिमले प्रतिष्पर्धा गर्ने क्लवका सदस्य दिपक श्रीसले बताए ।

कमेन्ट गर्नुहोस्