
तिलोत्तमा सिटी,२०८० पुष १६ गते । स्वर्गीय गंगा गुरूङकाे स्मृतिमा रूपन्देहीको तिलाेत्तमा नगरपालिका १४ मा दाेस्राे सेभेन ए साइड नकअाउट फुटबल प्रतियोगिताअन्तर्गत मंगलबार दुई खेल सम्पन्न भएका छन् । जसअन्तर्गत मंगलबारको पहिलो खेल झरना स्पोर्टस क्लब कुञ्जलापुर र रानी गञ्ज एफ सि बुटवलका बिच भएकाे छ । उक्त खेलमा झरना स्पोर्टस क्लब कुञ्जलापुरले रानी गञ्ज एफ सि बुटवललाई ३-१ गाेल गरी विजयी भएकाे हाे । कुञ्जलापुर का टिम कप्तान अजय थापा खेलकाे म्यान अफ द म्याच भएका छन् ।
दाेस्राे खेल राधाकृष्ण एफसि र सेभेन ड्रागन भलबारीबिच भएकाे थियाे । साे खेलमा दुबै समूहले बराबरी १-१ गाेल गरेका थिए । गाेल बराबरी भएपछि खेलमा पेनाल्टी सुट अाउट भएकाे थियाे । ट्राइब्रेकरमा राधाकृष्ण एफसिले सेभेन ड्रागन भलवारीलाई १ बिरुद्द २ गाेल गर्दौ दोस्रो चरणकाे खेलमा प्रवेश गरेको संयाेजक विनाेद गुरूङले जानकारी दिए ।
बुधबारकाे पहिलाे खेल नव टिकुलीगढ युवा क्लब बि र सेमरी एफ.सीबिच हुनेछ । भने दोस्रो खेल हाटी अमवा एफ.सी हाटी अमवा र संञ्जिवनी युवा क्लब देविनगरबिच हुने क्लवका दिपक श्रीसले जानकारी दिए । यही पाैष १२ गतेबाट सुरू भएकाे प्रतियोगिता नव टिकुलीगढ युवा क्लवकाे अायाेजनामा भएकाे हाे । प्रतियोगितामा प्रथम हुने समूहले रू ४४ हजार ४ सय ४४ ट्रफी र मेडल प्राप्त गर्ने छ भने दाेस्राे हुने समूहले रू २२ हजार २ सय २२ प्राप्त गर्ने छन् । प्रतियोगितामा सर्वाधिक गाेलकर्ता , विधागत उत्कृष्ट खेलाडी र उदीयमान खेलाडीलाई जनही रू २५०० प्रदान गरिने छ । खेलहरु टिकुलिगढ खेलमैदानमा हुने गर्दछन । प्रतियोगितामा २६ समूहले प्रतिष्पर्धा गर्ने क्लवका सदस्य दिपक श्रीसले बताए ।
कमेन्ट गर्नुहोस्