
कुमार गुरुङ-बुटवल। गुरुङहरुको धार्मिक संस्था तमु प्ये ल्हु सँघ नगर समिति बुटवलले पनि गुरुङहरुको महान पर्व मुप्री ल्हो (गिद्ध बर्ग) ३२२७६ औ तमु ल्होसार २०८० भव्य रुपमा सम्पन्न गरेको छ।बेलबास-१५ पहेले भित्तामा रहेको गुरुङहरुको धार्मिक संस्था कोहिबो धि प्राङ्गणमा कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगर पालिका प्रमुख खेलराज पाण्डेले पानसमा बत्ती बालेर उदघाटन गर्नु भएको थियो।
कार्यक्रममा बोल्नु हुँदै भाषिक संस्कार संस्कृती हराएमा जातिय पहिचान हराउने भएकाले उपमहानगर पालिकाले आदिबासी जनजाती कोषमा बजेट छुट्ट्याउनुका साथै भाषिक पहिचानका लागि पनि छुट्टै बजेट छुट्ट्याइएकाले गुरुङहरुले पनि यस्ता शिर्षकहरुमा ती बजेटहरु प्राप्त गर्न सक्ने बताउदै हाल त्यहा निर्मित हलका लागि उपमहानगर पालिकाले सकेको बजेट उपलब्ध गराउने बताउनु भयो।जातिय पहिचानलाई समय अनुसार परिवर्तन भन्दा पनि यस्लाई जोगाई राख्नु पर्ने बताउनु भयो आर्थिक समृद्धिले मात्र देश धनी हुने भन्दा पनि यहाँ भित्र रहेका गुरुङ समुदायको संस्कार,संस्कृतिले देशको आर्थिक उन्नतिमा एउटा आयआर्जन गराउन सक्ने हुनाले यस्लाई बचाई राख्न गुरुङ समुदायलाई आग्रह गरे ।
कार्यक्रममा बिबिध गुरुङ संस्कृती झल्किने नृत्यहरु प्रतियोगितामा भाग लिने प्रतियोगिहरुले प्रस्तुत गरेका थिए। गुरुङ पुरोहित पह्च्युहरु द्वारा मौलिक छ्याडु नृत्य र साँस्कृतिक गुरुङ घाटु झोरा नृत्य प्रस्तुत गरिएको थियो। कार्यक्रममा वक्तहरु केन्द्रीय सदस्य दूध बहादुर गुरुङ चौ बहादुर गुरुङ,लगायतले शुभकामना मन्तव्य राखेका थिए।तमु प्ये ल्हु संघ बुटवल नगरका अध्यक्ष रुप बहादुर गुरुङको अध्यक्षता र सन्चालन सचिव चन्द्रकला गुरुङले गरेका थिए।
कमेन्ट गर्नुहोस्