
तिलोत्तमा सिटी,२०८० पुष १६ गते । स्वर्गीय गंगा गुरूङकाे स्मृतिमा रूपन्देहीको तिलाेत्तमा नगरपालिका १४ मा दाेस्राे सेभेन ए साइड नकअाउट फुटबल प्रतियोगिताअन्तर्गत साेमबार दुई खेल सम्पन्न भएका छन् । पहिलाे खेल नव जीवन युवा क्लब तिलोत्तमा ६ र नव युवा खेलकूद तथा सांस्कृतिक परिवार, ठुटिपिपलकाबिच भएकाे थियाे । साे खेलमा नव जीवन युवा क्लवले नव युवा खेलकुद तथा सांस्कृतिक परिवारलाई २-० गाेल गरी विजयी भएकाे हाे । साे खेलमा नव जीवन युवा क्लबका जर्सी नम्बर १९ का अजय पाठक म्यान अफ द म्याच भएका छन् ।
यही पाैष १२ गतेबाट सुरू भएकाे नकअाउट फुटबल प्रतियोगिताकाे दोस्राे खेल आयोजक नव टिकुलीगढ युवा क्लब ए टिकुलीगढ र कर्म ज्योती युवा क्लब कर्मडाँडाबिच भएकाे थियाे । साे खेलमा नव टिकुलीगढ युवा क्लब आयोजकले विजयी शुरुवाट गर्दै नव टिकुलीगढ युवा क्लबको जर्सी नम्बर ९ का खेलाडी अनिल क्षेत्री म्यान अफ द म्याच भएकाे खेल संयाेजक विनाेद गुरूङले जानकारी दिए ।
मंगलबारकाे पहिलाे खेल झरना स्पोर्टस क्लब कुञ्जलापुर र अार वाई सि बुटवलका बिच हुनेछ । भने दाेस्राे खेल अार के एफ सि दल्का र सेभेन डार्गन भलबारीबिच हुनेछ । नव टिकुलीगढ युवा क्लवकाे अायाेजनामा सुरू भएकाे प्रतियोगितामा प्रथम हुने समूहले रू ४४ हजार ४ सय ४४ ट्रफी र मेडल प्राप्त गर्ने छ भने दाेस्राे हुने समूहले रू २२ हजार २ सय २२ प्राप्त गर्ने छन् । प्रतियोगितामा सर्वाधिक गाेलकर्ता , विधागत उत्कृष्ट खेलाडी र उदीयमान खेलाडीलाई जनही रू २५०० प्रदान गरिने छ । प्रतियोगितामा २६ समूहले प्रतिष्पर्धा गर्ने क्लवका सदस्य दिपक श्रीसले बताए ।
कमेन्ट गर्नुहोस्