लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पुस ७ गते हुने खुल्ला तिलोत्तमा दौड प्रतियोगिताको नाम दर्ता ३ गतेसम्म

IMG

तिलोत्तमा पौष २ गते।"युवासँग कुद्छ तिलोत्तमा" भन्ने नारा सहित यहि पुस ७ गते खुल्ला तिलोत्तमा दौड प्रतियोगिता २०८० हुने भएको छ । सो प्रतियोगिताको लागि सहभागी हुन पौष ३ गतेसम्म नाम दर्ता गराउनु पर्ने खेल संयोजक लावासन गुरुङले बताउनुभयो।  तिलोत्तमा-९ को आयोजनामा यहि पुस ७ गते बिहान ८ बजेबाट तिलोत्तमाको सिमाना योगीकुटीबाट मगंलापुरसम्म दौड प्रतियोगीता गरिने आज आयोजित पत्रकार सम्मेलनमा वडा अध्यक्ष धुर्ब न्यौपाने र खेल संयोजक गोबिन्द गुरुङले जानकारी दिनु भयो। 


सम्मेलनमा तिलोत्तमा वडा नं ९ का अध्यक्ष ध्रुव न्यौपानेले अव नगरपालिका युवामैत्री नगर बनाउने अभियानमा लागेको बताउँदै तिलोत्तमा नगरपालिकालाई खेल क्षेत्रमा पनि अब्बल बनाउने कार्यक्रमको उद्धेश्य रहेको जानकारी दिनुभयो ।प्रतियोगीतामा अहिले सम्म ११७ जना धावकले सहभागिता जनाइसकेको अध्यक्ष न्यौपानेले बताउनुभयो । खेल संयोजक तथा तथा वडा सदस्य गोबिन्द गुरुङले योगिकुटीबाट सुरु हुने ७ किलोमिटरको दौड प्रतियोगिता मङ्गलापुर चोकमा पुगी समापन गरिने बताउनुभयो । दौडमा पुरुषतर्फ १५ वर्षदेखि माथि ४० वर्षसम्म, ४० उमेरदेखि माथिको समूह र महिला समूह गरी तीन समूहमा सहभागी गराइने गुरुङले जानकारी दिनुभयो । वडा सदस्य कमल रेग्मि शर्माले प्रतियोगितामा सहभागि हुन सवैलाई आग्रह गर्नुभयो ।


करिब २ लाख २० हजार लागत लाग्ने अनुमान गरिएको प्रतियोगिताका लागि समुहगत रुपमा ५४ हजारको पुरस्कार राशी छुटयाइएको र स्वास्थ्य समस्यालाई समाधानका लागि स्वास्थ्य कर्मी र स्वास्थ्य स्वयमसेवीका परिचालन गरिने जानकारी दिनुभयो । वडा सदस्य कमल रेग्मीको स्वागत सदस्य लावासन गुरुङ्ग्को सन्चालन र सम्झना युवा परिवारका अधय्क्ष खेमेंद्र थापाको धन्यबाद ज्ञापनमा सम्पन्न भएको सो कार्यक्रममा टोल बिकासका पदाधिकारीहरुको समेत उपस्थिति थियो। 


कमेन्ट गर्नुहोस्