लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लुम्बिनी प्रदेशसभा : विषयगत समितिका सभापतिको निर्वाचन हुने

tillotmacitynews - 2023 Dec 18 07:41 PM
IMG

तिलोत्तमा सिटी, २०८० पुष २ गते । लुम्बिनी प्रदेशसभामा विषयगत समितिका सभापति चयन गरिने भएको छ । पुस १६ गते विषयगत समितिको सभापतिको उम्मेदवारी दर्ता र १७ गते निर्वाचनको मिति तोकिएको लुम्बिनी प्रदेश सभाले जारी गरेको सूचनामा उल्लेख छ ।  लुम्बिनीमा ६ वटा विषयगत समिति छन् । समितिको सदस्य मनोनयन भए पनि सभापति चयन  लामो सययसम्म भएका थिएनन् ।


जसअनुसार अब सार्वजनिक लेखा समिति ,कृषि, वन तथा वातावरण, अर्थ उद्योग तथा पर्यटन समिति, भौतिक पूर्वाधार विकास समिति, सामाजिक विकास समिति र प्रदेश मामिला तथा कानुन समितिको सभापतिको निर्वाचन हुने छ । लुम्बिनी प्रदेशमा  दुई वटा सरकार गठन भइसकेपनि  प्रदेश सभाको संसदीय समिति सभापति  चयन हुन नसक्दा आलोचना समेत हुँदै आएको छ । 


कमेन्ट गर्नुहोस्