लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलाेत्तमा-१४ मा पार्क निर्माण सुरू,बिशेष कार्यक्रम गर्दै नव टिकुलिगढ़

IMG

तिलोत्तमा,२४ मंसिर २०८०। तिलाेत्तमा-रूपन्देहीको तिलाेत्तमा नगरपालिका-१४ मा पार्क निर्माण सुरू गरिएकाे छ । नव टिकुलिगढ़ युवा क्लबले व्यवस्थापन गर्दै बिशेष कार्यक्रमका बीच सो कार्यको शुरुवात भएको छ।तिलाेत्तमा नगरपालिकाका प्रत्येक वाडमा एक पार्क बनाइने उदेश्यअनुरूप वाड नम्बर १४ मा पार्क निर्माण कार्य अघि बढाइएको हाे । शनिबार एक कार्यक्रमकाे आयाेजना गरी नव टिकुलीगढ युवा क्लवकाे आयाेजनामा अब छिट्टै डिपिआर बनाएर पार्क निर्माण अघि बढाइने क्लबले जनाएकाे छ । कार्यक्रममा बाेल्दै प्रमुख अतिथि लुम्बिनी प्रदेशका गृहमन्त्री तथा प्रवक्ता सन्ताेष कुमार पाण्डेले पार्क निर्माणका लागि सहयाेग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले अब यसलाई पर्यटकीय दृष्टिकोणले अगाडि बढाउनु पर्ने उल्लेख गरे। पार्कहरूका कारण हरेक मानिस स्वस्थ रहन मद्दत पुग्ने र मनमा शान्ति छाउने बताएका हुन् । 


त्यस्तै तिलाेत्तमा नगरपालिकाका कार्यपालिका सदस्य तथा सामाजिक विकास समिति संयाेजक रवि सेन्चुरीले अहिले पार्ककाे सुरूवात भएकाे र यसलाई अागामी दिनमा तिलाेत्तमा-१४ काे गहना बनाउनु पर्ने बताएका छन् । क्लबका सल्लाहकारसमेत रहेका संयाेजक सेञ्चुरीले पार्कका लागि पालिकाबाट बजेट छुट्टयाइएको तर त्याे अपुग भएकाेले त्यसका लागि प्रदेश सरकारबाट सहयाेगकाे अपेक्षा गरेकाे बताए । उनले पार्क बनेमा राेजगारीकाे अवसर सृजना हुने अपेक्षा गरे । वाड अध्यक्ष आश्विन पाैडेलले नगरले प्रत्येक वाडमा रू १ लाखका दरले नगरपालिकाबाट बजेट विनियोजन गरिसकेकाे बताए । तर रकम अपुग भएकाले प्रदेश सरकारले पनि यसमा सहयाेग गर्नु पर्ने आशा व्यक्त गरेका छन् । 


सो अवसरमा बोल्दै पूर्व वडा अध्यक्ष साेहन प्रसाद थारूले याेजनावद्ध तरिकाले डिपिआर बनाएर काम अगाडि बढाउनु पर्ने बताउँदै उनले युवाकाे जाेस जाँगरलाई खेर जान नदिन आग्रह गरे । हाल पार्क निर्माणस्थलमा झाडी सरसफाइकाे काम भैसकेको छ । करिब १ बिगाहा जग्गामा पार्ककाे अन्य कामका लागि अब छिट्टै डिपिआर बनाएर अघि बढाइने क्लवका अध्यक्ष विजय गुरूङले बताए । क्लवका सचिव शान्ति पुनकाे स्वागत रहेका कार्यक्रमकाे सञ्चालन बुद्धि थापा मगरले गरेकाे थिए । देउसी भैलाे खेलेर संकलन भएकाे तीन लाख रकमबाट पार्ककाे निर्माण कार्य अगाडि बढाइएको क्लवका सदस्य दिपक श्रीस मगरले बताए ।


शनिबार सम्पन्न बिशेस कार्यक्रम गर्दै क्लबले पार्क निर्माणका लागि सबैको सहयोग अपरिहार्य रहेको क्लबका अध्यक्ष बिजय गुरुङले बताएका छन्। कार्यक्रममा तिलोत्तमा-१४ का सदस्यहरु बिष्णुमाया पुन, भुपाल सिंह छन्त्याल, सरोकारवाला निकाय, स्थानियबासी क्लबका प्रतिनिधी लगायतको उपस्थिति रहेको थियो। १७ कठ्ठामा फैलिएको पार्क निर्माण स्थलका लागि बिशेष योजना अगाडी सारेर निर्माण प्रक्रिया अगाडी बढाइने क्लबका प्रतिनिधिले बताएका छन्।




कमेन्ट गर्नुहोस्