लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

स्व: डिम ब गुरुङ समपुर्ण कप २०८० को उपाधी आयोजकलाई,झरना स्पोर्ट्स उपविजेता बन्यो

IMG

तिलोत्तमा, मङ्सिर २४ । स्व. डिम बहादुर गुरुङ स्मृती दोस्रो समपुर्ण कप नकआउट फुटबल प्रतियोगिताको उपाधि आयोजक समपुर्ण युवा क्लब सुपौलीले जितेको छ । आइतबार भएको उपाधि भिडन्तमा समपुर्णले छिमेकी क्लब झरना स्पोर्ट्स क्लब कुञ्जलापुरलाई  १ गोलको अन्तरमा ट्राइब्रेकरमा हराउदै उपाधि चुमेको हो ।तिलोत्तमा–१४ सुपौली स्थित बाउन्नकोटी खेलमैदानमा सम्पन्न खेलमा दुवै टिमको तर्फबाट निर्धारित समयमा कुनैपनि गोल नभएपछी उपाधिका लागि खेल ट्राइब्रेकरमा गएको थियो। पहिलो हाफमा पेनाल्टीको चान्स पाएको आयोजकले गोल गर्न नसकेपनि अन्तत: ट्राइब्रेकरमा भने उपाधि चुम्न सफल भयो। 


विजेता बनेको आयोजक समपुर्णले उपाधिसहित नगद १ लाख ११ हजार १ सय ११ सहित मेडल ट्रफी र प्रमाणपत्र हात पार्यो । विजेता टोलीलाई मुख्य प्रायोजक स्व.डिम बहादुर गुरुङका छोरा रन बहादुर गुरुङ र दोस्रो पुरष्कार समेत प्रायोजन गरेकी छोरी/ ज्वाई श्रीमाया गुरुङ्ग, प्रमुख अतिथी तिलोत्तमा नगरपालिका वडा नम्बर १४ का अध्यक्ष आश्विन पौडेलले नगद र ट्रफीसहित खेलाडीहरुलाई खादा सहित पुरस्कृत गरे ।


त्यस्तै, उपविजेता बनेको झरना स्पोर्ट्स क्लबले ५५ हजार ५ सय ५५ रुपैया नगद सहित ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गर्यो । उपविजेता टोलीलाई कार्यक्रमका प्रमुख अतिथि, बिशिष्ठ अतिथी, र अतिथिहरुले खादा सहित सम्मान गर्दै लगायतले पुरस्कृत गरेका थिए ।त्यस्तै व्यक्तिगत विधातर्फ प्रतियोगितामा सबै खेलभरीमा उत्कृस्ट खेलाडी समपुर्ण क्लबका दामोदर थापा क्षेत्री सानु बने भने उत्कृस्ट गोलरक्षक झरना स्पोर्ट्सका कुशल सुनार, उत्कृस्ट रक्षात्मक उदय मल्ल, उदयिमान खेलाडी हरिप्रसाद कुनाल, सर्बाधिक गोलकर्ता संजीवनी क्लबका सुदिप केसी (७ गोल ) बने नगद रु ५/५ हजार प्राप्त गरेको क्लबका सचिव रवि अर्यालले बताए। 


समपुर्ण युवा क्लब, तिलोत्तमा–१४ सुपौलीको आयोजनामा मङ्सिर ९ गतेदेखि शुरु प्रतियोगितामा कुल १६ क्लबहरुले सहभागिता जनाएका थिए । प्रतियोगितालाई आगामी वर्ष पनि निरन्तरता दिने योजना रहेको बताउँदै आयोजक क्लबका अध्यक्ष अबिर पुन पाइजाले समग्र सुपौलीको खेलकुद विकासमा सबैको सहयोग र समर्थनको अपेक्षा गरेको पनि बताए । साथै प्रतियोगिता सफलताका साथ सम्पन्न प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग पुर्याउने सबैलाई उनले आभार र धन्यवाद समेत दिए। सौहार्दपूर्ण रुपले खेल खेलाएको र प्रचारप्रसारमा योगदान पुर्याएको भन्दै क्लब र प्रायोजक व्यक्तिले अमर पुनको रेफ्री टिम र अफिसियल मिडियाहरुलाई  नगद सहित सम्मान गरेको थियो।  


कमेन्ट गर्नुहोस्