
तिलोत्तमा,२२ मंसिर २०८०। समपुर्ण कपको फाइनलमा झरना स्पोर्ट्स क्लबसंग खेल खेल्ने आयोजकको पक्का भएको छ। शुक्रबार भएको संजीवनी क्लबसंग भएको रोमाञ्चक खेलमा १ का बिरुद्ध ३ गोल गरेपछि आयोजक समपुर्ण युवा क्लबले आफ्नो फाइनल यात्रा पक्का गरेको हो। क्वाटरफ़ाइनलमा समेत कडा प्रतिस्प्रधामा रोमाञ्चक खेल खेलेको समपूर्णले सेमिफ़ाइनलमा समेत उस्तै दाबेदार खेल खेल्यो र जित समेत हासिल गर्यो। आइतबार २ बजेदेखि हुने फाइनल खेलमा जितको लागि टिम परिचालनमा भरपुर लागेको आयोजक क्लबका तर्फबाट क्याप्टेन रोहित पुनले बताए।राम्रो तयारी गरेको समपूर्णले आफ्नो टिम सशक्त बनाएर मैदान उतारेको छ। स्व. डिम बहादुर गुरुङ स्मृति दोस्रो समपुर्ण कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा झरना स्पोर्ट्स क्लबसंग उपाधिका लागि खेल्न समपुर्ण तयार रहेको आयोजक क्लबका सचिव रवी अर्यालले बताएका छन्।
शुक्रबार भएको दोस्रो तथा अन्तिम सेमिफाइनलतर्फ समपूर्णले छिमेकी क्लब संजीवनी युवा क्लब, टिकुलिगढ़लाई पहिलो हाफमा गोलरहित बराबरी भएपनि दोस्रो हाफमा ३ गोल गरि अग्रता लिएको थियो। उपाधि नजिक पुग्न सफल समपूर्ण बिरुद्ध संजीवनीले १ गोलमात्र पोस्टमा छिर्यायो। निर्धारित समयको दोस्रो हाफको २ मिनेटमै समपुर्णका क्याप्टेन समेत रहेका रोहित पुनले पास आएको बललाई संजिवानिको गोल पोस्टमा चुमाए। त्यस्तै दोस्रो हाफमा संजिवनिको तर्फबाट खेलको २० मिनेटमा अजित लामाले १ गोल गरे भने जवाफमा दोस्रो हाफकै क्रमश: ३६ र ४१ मिनेटमा सन्त गुरुङ कान्छा र अलिस मगरले १/१ गोल गरि १ का बिरुद्ध ३ गोल फर्काएका थिए ।खेलमा समपूर्णका जर्सी नम्बर ११ का अभिषेक महतो म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १ हजार र ट्रफी हात पारे ।
खेल संचालनका लागि सहयोग गर्ने सहयोगी सबैलाई धन्यबाद दिंदै प्रतियोगिता अन्तरगत मंसिर २४ गते आइतबार २ बजेको फाइनल खेल आयोजक समपुर्ण युवा क्लब, सुपौली र झरना स्पोर्ट्स क्लब, कुञ्जलापुरबीच हुने क्लबका अध्यक्ष अबिर पुन पाइजाले जानकारी दिए ।तिलोत्तमा–१४ निवासी स्व. डिम बहादुर गुरुङ्गकी श्रीमती जसमाया गुरुङ्ग, छोराहरु डम्मर ब.गुरुङ्ग, बुद्धि प्रसाद गुरुङ्ग, रन ब.गुरुङ्ग, चित्र ब.गुरुङ्ग र छोरी श्रीमाया गुरुङ्गद्वारा मुख्य प्रायोजन गरिएको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल प्राप्त गर्ने आर्थिक संयोजक तारा केसीले जानकारी दिए ।समपुर्ण युवा क्लब, तिलोत्तमा–१४, सुपौलीको आयोजनामा जारी भएको प्रतियोगितामा कुल १६ टोलीहरुले सहभागितारहेको थियो। फाइनल खेल निकै रोमान्चक हुने र दर्शकहरुको सुविधाका लागि प्याराफिट र अन्य ब्यबस्थापन गरिएको खेल संयोजक हेम पुनले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्