
तिलोत्तमा,२१ मंसिर २०८०। समपुर्ण कपको लक्की क्लब बनेको झरना स्पोर्ट्स क्लब १ गोल खाएपछि लक्की बन्दै बराबरी पछि ट्राइब्रेकरमा जित हासिल गरेको छ। क्वाटरफ़ाइनलमा समेत उस्तै प्रकृतिको खेल खेलेको झरनाले सेमिफ़ाइनलमा समेत उस्तै दाबेदार खेल खेल्यो र जित समेत हासिल गर्यो। अब फ़ाओनलको राम्रो तयारी गरेको झरनाले आफ्नो टिम सशक्त बनाएर मैदान उतारेको छ। स्व. डिम बहादुर गुरुङ स्मृति दोस्रो समपुर्ण कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा झरना प्रवेश गरेको छ ।
बिहीबार भएको पहिलो सेमिफाइनलतर्फ झरनाले दावेदार मध्ये एक मानिएको फर्साटिकर युवा क्लब, फर्साटिकरलाई टाईब्रेकरमा हराउँदै उपाधि नजिक पुग्न सफल भएको हो ।त्यसअघि तिलोत्तमा–१४ स्थित समपुर्ण खेलमैदानमा भएको निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए। निर्धारित समयतर्फ फर्साटिकरका लागि आशिष रानाले गोल गरे भने झरनाका लागि अनुप थापाले गोल फर्काएका थिए ।टाईब्रेकरमा भने झरनासँग फर्साटिकर ५–४ ले स्तब्ध बन्न पुग्यो । खेलमा झरनाका गोलरक्षक कुशल सुनार म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १ हजार र ट्रफी हात पारे ।
प्रतियोगिता अन्तरगत मंसिर २२ गते शुक्रबारको दोस्रो सेमिफाइनल खेल आयोजक समपुर्ण युवा क्लब, सुपौली र सञ्जिवनी युवा क्लब, बागधुराबीच हुने प्रचार प्रसार संयोजक रवि अर्यालले जानकारी दिए ।तिलोत्तमा–१४ निवासी स्व. डिम बहादुर गुरुङ्गकी श्रीमती जसमाया गुरुङ्ग, छोराहरु डम्मर ब। गुरुङ्ग, बुद्धि प्रसाद गुरुङ्ग, रन ब। गुरुङ्ग, चित्र ब। गुरुङ्ग र छोरी श्रीमाया गुरुङ्गद्वारा मुख्य प्रायोजन गरिएको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल प्राप्त गर्ने आर्थिक संयोजक तारा केसीले जानकारी दिए ।समपुर्ण युवा क्लब, तिलोत्तमा–१४, सुपौलीको आयोजनामा जारी भएको प्रतियोगितामा कुल १६ टोलीहरुले सहभागिता जनाएका छन् । फाइनल खेल भने यही मंसिर २४ गतेका दिन हुने खेल संयोजक हेम पुनले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्