लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

दोस्रो समपुर्ण कप,फर्साटिकर सेमिफाइनलमा प्रवेश

tillotmacitynews - 2023 Dec 06 08:22 AM
IMG

तिलोत्तमा सिटी,  २०८०  मंसिर,१९ गते । स्व. डिम बहादुर गुरुङ स्मृति दोस्रो समपुर्ण कप खुला नकआउट फुटबल प्रतियोगिताको आज बुधबार भएको खेलमा फर्साटिकर युवा क्लब, फर्साटिकरले फराकिलो जित हात पार्न सफल भएको छ । र यस संगसगै  सेमिफाइनलमा प्रवेश गर्ने तेस्रो टोली बनेको छ । तेस्रो क्वाटरफाइनलतर्फ फर्साटिकरले न्यु राईज युथ क्लब, बभनीलाई शून्यका विरुद्ध ४ गोलले हराउँदै अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो । तिलोत्तमा–१४, सुपौलीको समपुर्ण खेलमैदानमा भएको खेलमा फर्साटिकरका लागि आशिष राना, कृष्ण राना, बलराम न्यौपाने र अवतार थापाले गोल गरे ।


उक्त खेलमा फर्साटिकर कै टिकाराज गुरुङ  म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १००० र ट्रफी हात पारे । भोलि अर्थात मंसिर २० गते बुधबारको चौथो तथा अन्तिम क्वाटरफाइनल खेल आहना फुटबल क्लब, बुटवल र सञ्जिवनी युवा क्लब, बागधुराबीच हुने प्रचार प्रसार संयोजक रवि अर्यालले जानकारी दिए। तिलोत्तमा–१४ निवासी स्व. डिम बहादुर गुरुङ्गकी श्रीमती जसमाया गुरुङ्ग, छोराहरु डम्मर ब। गुरुङ्ग, बुद्धि प्रसाद गुरुङ्ग, रन ब। गुरुङ्ग, चित्र ब। गुरुङ्ग र छोरी श्रीमाया गुरुङ्गद्वारा मुख्य प्रायोजन गरिएको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल प्राप्त गर्ने आर्थिक संयोजक तारा केसीले जानकारी दिए ।


समपुर्ण युवा क्लब, तिलोत्तमा–१४, सुपौलीको आयोजनामा जारी भएको प्रतियोगितामा कुल १६ टोलीहरुले सहभागिता जनाएका छन् । फाइनल खेल भने यही मंसिर २४ गतेका दिन हुने खेल संयोजक हेम पुनले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्