लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

आयोजक समपुर्णको सुखद यात्रा : ट्राइब्रेकरमा देवदहलाई हराउदै सेमिफाइनल प्रवेश

IMG

तिलोत्तमा,१८ मंसिर २०८०। आयोजक समपूर्ण सुपौलिमा स्व. डिम बहादुर गुरुङ स्मृति दोस्रो समपुर्ण कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।सुपौली स्थित तिलोत्तमा-१४ स्थित खेल मैदानमा सोमबार देवदह ब्वाइजलाई ट्राइब्रेकरमा हराउँदै आयोजक समपुर्ण विजयी भएको हो । खेमा गोलरहित बराबरी हुन पुगेपछि खेल ट्राइब्रेकरमा पुगेको थियो।प्रतियोगितामा आयोजक क्लब समपुर्णका गोलकिप्पर टोप बहादुर राना मगर म्यान अफ दी म्याच भएका थिए। आजको खेल अबलोकनका लागि यस क्षेत्रका युवा खेलप्रेमी महानुभावहरु पुर्ब फुटबल राष्ट्रिय खेलाडी जित बहादुर गुरुङ  र समाजसेबि व्यक्तित्व रमेश रोक्का लगायतका बिशिष्ठ व्यक्ति आएका थिए। 


तिलोत्तमा नगरपालिका–१४ स्थित टाइगर प्यालेससंगै रहेको सुपौली खेलमैदानमा भएको तिलोत्तमा–१४ निवासी स्व. डिम बहादुर गुरुङ्गकी श्रीमती जसमाया गुरुङ्ग, छोराहरु डम्मर ब गुरुङ्ग, बुद्धि प्रसाद गुरुङ्ग, रन ब गुरुङ्ग, चित्र ब गुरुङ्ग र छोरी श्रीमाया गुरुङ्गद्वारा मुख्य प्रायोजन गरिएको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल प्राप्त गर्ने आर्थिक संयोजक तारा केसीले जानकारी दिए ।समपुर्ण युवा क्लब, तिलोत्तमा–१४, सुपौलीको आयोजनामा जारी भएको प्रतियोगितामा कुल १६ टोलीहरुले सहभागिता जनाएका छन् । फाइनल खेल भने यही मंसिर २४ गतेका दिन हुने खेल संयोजक हेम पुनले जानकारी दिए । आगामी बर्ष समेत मुख्य प्रायोजन सहित पुरष्कार प्रायोजन पाएको समपूर्णले पुरस्कारको राशी आगामी बर्ष अझै बढाउने सचिव रवी अर्यालले बताए। 


कमेन्ट गर्नुहोस्