लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

ट्राईब्रेकरमा नवयुवा ठुटिपिपललाई हराउदै झरना स्पोर्ट्स क्लब बिजयी: समपुर्ण कप फुटबल

IMG

तिलोत्तमा सिटी,१७ मंसिर २०८०।  स्व. डिम बहादुर गुरुङ स्मृति दोस्रो समपुर्ण कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रभावशाली जितका साथ न्यु राईज युथ क्लब, बभनी प्रवेश गरेको छ ।शुक्रबार भएको प्रि-क्वाटरफाइनलतर्फ न्यु राईजले सिम्रिक युवा क्लब, बुटवललाई ५–१ को अन्तरले हराउँदै क्वाटरफाइनलमा स्थान पक्का गरेको हो । न्यु राईजका लागि इन्द्र भण्डारी र बिनोद भट्टराईले २–२ गोल गरे । थप एक गोल भने सिम्रिकका पुरन भण्डारीले आत्मघाती गोलका रुपमा गर्न पुगेका थिए ।


रुपन्देहीको तिलोत्तमा सुपौलीमा जारी स्व. डिम बहादुर गुरुङ स्मृति दोस्रो समपुर्ण कप खुला नकआउट फुटबल प्रतियोगिता अन्तर्गत आइतबार भएको घमासान खेलमा तिलोत्तमा-६ कुञ्जलापुरको झरना स्पोर्ट्स क्लब बिजयी भएको छ। लगातारको रोमाञ्चक खेल संगै नवयुवा क्लब ठुटिपिपललाई ट्राइब्रेकरमा १ गोलको अन्तरले झरनाले हराएको हो। फुटबल खेलमा पहिलो गोल नवयुवाको तर्फबाट भयो भने त्यसपछिको दोस्रो हाफमा समय सकिन लाग्दा पेनाल्टी पाएको झरनाले गोल गरेपछि खेल बराबरीमा गयो। 


पहिलो हाफसम्म १ गोलको अग्रता लिएको नवायुवाले दोस्रो हाफमा कुनैपनि गोल गर्न सकेन। सम्पन्न खेलको दोस्रो हाफसम्म १/१ गोल दुवै तर्फबाट भएपछी खेल ट्राईबेकरमा गएको हो। सो जितसंगै झरना सेमिफाइनल प्रवेश गरेको छ भने नवयुवा खेलबाट बाहिरिएको छ।आजको खेलमा ४ वटा पेनाल्टी रोक्ने झरनाका गोलकिप्पर कुशल सुनार म्यान अफ द म्याच बनेका थिए।   आजको खेल अबलोकनका लागि यस क्षेत्रका युवा खेलप्रेमी महानुभावहरु लगायतका बिशिष्ठ व्यक्ति आएका थिए। भोलिको खेल दिउसो ३ बजे आयोजक समपुर्ण क्लब र देवदह ब्वाईज बीच हुने आयोजकले जनाएको छ। 


तिलोत्तमा नगरपालिका–१४ स्थित टाइगर प्यालेससंगै रहेको सुपौली खेलमैदानमा भएको तिलोत्तमा–१४ निवासी स्व. डिम बहादुर गुरुङ्गकी श्रीमती जसमाया गुरुङ्ग, छोराहरु डम्मर ब गुरुङ्ग, बुद्धि प्रसाद गुरुङ्ग, रन ब गुरुङ्ग, चित्र ब गुरुङ्ग र छोरी श्रीमाया गुरुङ्गद्वारा मुख्य प्रायोजन गरिएको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल प्राप्त गर्ने आर्थिक संयोजक तारा केसीले जानकारी दिए ।समपुर्ण युवा क्लब, तिलोत्तमा–१४, सुपौलीको आयोजनामा जारी भएको प्रतियोगितामा कुल १६ टोलीहरुले सहभागिता जनाएका छन् । फाइनल खेल भने यही मंसिर २४ गतेका दिन हुने खेल संयोजक हेम पुनले जानकारी दिए ।


कमेन्ट गर्नुहोस्