
तिलोत्तमा सिटी,१५ मंसिर २०८०।रुपन्देहीको तिलोत्तमा नगरपालिकामा पाँचौ उपमेयर कप भलिबल प्रतियोगिता हुने भएको छ ।वडा नं ८ स्थित कुँवर वर्ती माविमा नगरपालिकाको समन्वयमा यहि मङ्सिर २३ गतेबाट प्रतियोगिता सुरु हुँदैछ । कुवरवर्ती स्कुल खेल मैदानमा बिहानैदेखि शुरु हुने प्रतियोगिताको उद्घाटन संगै सहभागी टिमहरुको रोमाञ्चक खेल सहित ३ दिन सम्म सो प्रतियोगिता चल्ने तिलोत्तमा नगरपालिका शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले जानकारी दिनुभयो ।
प्रतियोगितामा नगरको १७ वटा वडाबाट सहभागिता जनाउन पाइनेछ । वडा भित्रका खेलाडीको टिमले आधिकारिक पत्र सहित सहभागिता जनाउन पाइने शिक्षा प्रमुख आचार्यले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम हुनेले ६१ हजार नगद , शिल्ड मेडल र प्रमाणपत्र , द्वितीय हुनेले ४१ हजार नगद शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ त्यस्तै तृतीय हुनेले २१ हजार नगद शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ र सान्त्वना हुनेले ११ हजार नगद शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आचार्यले बताउनुभयो ।प्रतियोगिता मङ्सिर २५ गते समापन हुनेछ । प्रतियोगिताको तयारी पुरा भएको छ ।
तिलोत्तमा नगरपालिकाको वार्षिक कार्यक्रम अन्तरगत पाँचौ उपमेयर कप भलिबल प्रतियोगिता आयोजना गरिएको हो । खेलकुद क्षेत्रको विकास र दक्ष खेलाडी उत्पादन गर्ने उद्देश्यले नगरपालिकाले खेलकुदका कार्यक्रमलाई निरन्तरता दिँदै आएको उप प्रमुख जगेश्वर देवी चौधरीले बताउनुभयो । खेलकुद मार्फत आपसी भाइचारा र सम्बन्ध स्थापित गर्दै यस क्षेत्र बाट पनि राष्ट्रिय तथा अन्तारास्ट्रिय क्षेत्रमा खेलाडीलाई चिनाउन खेलको आयोजना गरिएको उप प्रमुख जगेश्वर देवी चौधरीले जानकारी दिनुभयो ।
कमेन्ट गर्नुहोस्