लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

फर्साटिकर युवा क्लब क्वाटरफाइनलमा प्रवेश

tillotmacitynews - 2023 Nov 27 08:34 PM
IMG

तिलोत्तमा सिटी,  २०८०  मंसिर,११ गते ।  स्व. डिम बहादुर गुरुङ स्मृति दोस्रो समपुर्ण कप खुला नकआउट फुटबल प्रतियोगितामा फर्साटिकर युवा क्लबले विजयी गरेको छ । तिलोत्तमा नगरपालिका–१४, सुपौली स्थित समपुर्ण खेलमैदानमा भएको खेलमा फर्साटिकरले  लिस्नुलाइ  ५–१ ले हराएको हो ।


फर्साटिकरका लागि  फस्ट हाफमा बल राम न्यौपानेले र आशिस रानाले एक,एक  गोल गरे भने दोस्रो हाफको ११ मिनेटमा सुजन रानाले १ गोल गरे , ३३ मिनेटमा मुकेश कुमारले र ३९ मिनेटमा अभतार थापाले १,१ गोल गरे । उता लिस्नुका मिसन गुरुङलले दोस्रो हाफमा १ गोल गरेका थिए । खेलमा  फर्साटिकरका सुजन रााना म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १ हजार र ट्रफी हात पारे। साथै यो जितसँगै फर्साटिकर क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तरगत मंसिर १२  गते मंंगलबारको खेल रेसुङ्गा युवा क्लव दुर्गानगर र सोर्णम ए एफ सि बुटबल बिच हुने प्रचार प्रसार संयोजक रवि अर्यालले बताए ।


साथै प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल प्राप्त गर्ने आर्थिक संयोजक तारा केसीले जानकारी दिए । समपुर्ण युवा क्लब, तिलोत्तमा–१४, सुपौलीको आयोजनामा शुरु भएको प्रतियोगितामा कुल १६ टोलीहरुले सहभागिता जनाएका छन् । फाइनल खेल भने यही मंसिर २४ गतेका दिन हुने खेल संयोजक हेम पुनले जानकारी दिए ।


कमेन्ट गर्नुहोस्