
तिलोत्तमा, मङ्सिर ५ गते २०८०। समपुर्ण युवा क्लबको आयोजनामा यहि मङ्सिर ९ गते देखि दोस्रो समपूर्ण कप नकआउट फुटबल प्रतियोगिता २०८० हुने भएको छ।स्व: डिम बहादुर गुरुङको स्मृतिमा उहाका श्रीमती जसमाया गुरुङ र ४ छोराहरुले प्रथम पुरस्कार र १ छोरी श्रीमाया गुरुङले दोस्रो पुरस्कार प्रायोजन गरेको प्रतियोगिता सुपौली स्थित टाइगर प्यालेश नजिकैको खेल मैदानमा हुने क्लबका अध्यक्ष अबिर पुन पाइजाले जानकारी दिनु भएको छ। क्लबको सो प्रतियोगितामा रुपन्देही र आसपासका जिल्लाका गरि १६ टिम ले सहभागिता जनाउने छन् भने खेल आइफाबको नियम अनुसार खेलाइने छ।
प्रतियोगितामा बिजेताले १ लाख ११ हजार १ सय ११ नगद सहित मेडल ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छ भने उपविजेताले नगद ५५ हजार ५ सय ५५ सहित मेडल ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छ। साथै खेलको हरेक दिन म्यान अफ द म्याच र फ़ाइनलमा विभिन्न ५ विधामा उत्कृस्ट खेलाडी घोषणा गरिने क्लबका सचिव रवि अर्यालले आज आयोजित पत्रकार सम्मेलनमा बताउनुभयो। उक्त पत्रकार सम्मेलनमा जिल्ला फुटबल संघ तथा झरना स्पोर्ट्स क्लबका निबर्तमान अध्यक्ष लोक पुन, संजीवनी क्लबका अर्जुन केसी हापु , लिस्नु युवा क्लबका तिर्थ राज मल्ल लगायतले खेलकुद प्रतियोगिता गर्न सहयोग गर्ने गुरुङ परिवारलाई धन्यबाद ज्ञापन गर्दै क्लबले आयोजना गरेको प्रतियोगिताको सफलताको कामना गरेका थिए।
प्रतियोगिताको बारेमा जानकारी दिदै खेल संयोजक हेम थापाले स्थानिय स्तरमा खेलाडीको प्रतिभा प्रस्फुटन गर्ने उदेश्यले आयोजना गरिएको बताउनुभयो।पत्रकार सम्मेलनको स्वागत क्लबका उपाध्यक्ष नारायणी बोहरा पुनले गरेकी थिईन भने संचालन सह सचिव रवि अर्यालले गर्नुभएको थियो। प्रतियोगिताको पूर्ण लागत ६ लाख रहको जानकारी छ।
कमेन्ट गर्नुहोस्