
तिलोत्तमा सिटी, ५ मंसिर २०८० । नेपाल सुपर लिगको दोस्रो संस्करणको तयारीमा रहेको बुटवल लुम्बिनी एफसीले धनगढी एफसीमाथि जित निकालेको छ । दुई मैत्रीपूर्ण खेलमा बुटवल लुम्बिनी एफसीले धनगढी एफसीमाथि जित निकालेको हो । बुटवलस्थित एन्फा एकेडेमीको मैदानमा सोमबार भएको दोस्रो खेलमा बुटवल लुम्बिनी एफसीले २—१ गोलको जित निकालेको छ । यसअघि शनिबार भएको पहिलो खेलमा बुटवल लुम्बिनीले एफसीले १—० गोलको जित निकालेको थियो ।
बुटवल लुम्बिनी एफसीका प्राविधिक प्रमुख याम बहादुर गुरुङले खेलाडीहरूका बिचमा आत्मीयता विकासका लागि खेल आयोजना गरिएको बताए ।
कमेन्ट गर्नुहोस्