लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सुपौली खेलमैदानमा हुने समपुर्ण कप २०८० को तयारी पुरा

IMG

तिलोत्तमा, मङ्सिर ४ गते २०८०।  समपुर्ण युवा क्लब तिलोत्तमा-१४ को आयोजनामा यहि मङ्सिर ९ गते देखि दोस्रो समपूर्ण कप नकआउट फुटबल प्रतियोगिता २०८० हुने भएको छ। स्व: डिम बहादुर गुरुङको स्मृतिमा उहाका श्रीमती जसमाया गुरुङ र ४ छोरा र १ छोरीले मुख्य प्रायोजन गरेको प्रतियोगिता सुपौली स्थित टाइगर प्यालेश नजिकैको खेल मैदानमा हुने क्लबका अध्यक्ष अबिर पुन पाइजाले जानकारी दिनु भएको छ।


क्लबको सो प्रतियोगितामा रुपन्देही र आसपासका जिल्लाका गरि १६ टिम ले सहभागिता जनाउने छन् भने खेल आइफाबको नियम अनुसार खेलाइने छ।  प्रतियोगितामा बिजेताले १ लाख ११ हजार नगद सहित मेडल ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छ भने उपविजेताले नगद ५५ हजार सहित  मेडल ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छ। साथै खेलको हरेक दिन म्यान अफ द म्याच र फ़ाइनलमा विभिन्न ५ विधामा उत्कृस्ट खेलाडी घोषणा गरिने क्लबका सचिव रवि अर्यालले बताउनुभयो। क्लबका खेलाडी सुर्य पुनका अनुसार क्लबले स्थानिय खेलाडीहरुलाई प्रतिभा प्रस्फुटन गर्ने अवसर प्रदान गरेकोमा प्रतियोगिताको सफलताको कामना गरेका थिए। 



प्रतियोगिताको बारेमा जानकारी दिदै अध्यक्ष अबिर पुन पाइजाले स्थानिय स्तरमा खेलाडीको प्रतिभा प्रस्फुटन गर्ने उदेश्यले सबैको सहयोगमा फुटबल प्रतियोगिता आयोजना गरिएको बताउनुभयो। प्रतियोगिताको पूर्ण लागत अनुमान ६ लाख रहेको क्लबले जनाएको छ। प्रतियोगिताको लागि प्याराफिट बनाउने मैदान सफाई तथा लेबलिंग गर्ने कार्य सम्पन्न भएको छ। सबैको सहयोगले क्लबले खेल सफलता पुर्वक सम्पन्न गर्न सकिने हुँदा खेलाडी, खेलप्रेमी दर्शक र समाजको भरपुर सहयोगका लागि क्लबले आग्रह गरेको छ। 

कमेन्ट गर्नुहोस्