
तिलोत्तमा, मङ्सिर ३ गते २०८०। आईसीसी विश्वकप क्रिकेटको उपाधिका लागि आज घरेलु टोली तथा २ पटकको विजेता भारत र सर्वाधिक सफल ५ पटकको विजेता अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ।नरेन्द्र मोदी स्टेडियम अहमदावादमा हुने फाइनल खेल दिउँसो सवा २ बजे सुरु हुनेछ। जारी विश्वकपमा उच्च लयमा रहेको भारत त्यसैलाई निरन्तरता चाहन्छ भने लिग चरणमा भोगेको हारको बदला लिँदै अष्ट्रेलिया घरेलु टोलीलाई फाइनलमा स्तब्ध पार्ने दाउमा छ।५ पटकको विजेता अष्ट्रेलियाले विश्वकप फाइनल खेल्न लागेको यो आठौं पटक हो। २ पटक उपाधि जितिसकेको भारतका लागि यो चौंथो विश्वकप फाइनल हो।
कमेन्ट गर्नुहोस्