लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

विश्वकप क्रिकेटमा श्रीलंकासँग इंग्ल्याण्ड आठ विकेटले पराजित

IMG

तिलोत्तमा ९ कार्तिक २०८०।आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंकाले इंग्ल्याण्डलाई आठ विकेटले पराजित गरेको छ । इंग्ल्याण्डले दिएको १ सय ५७ रनको लक्ष्य श्रीलंकाले २५ ओभर ४ बलमा दुई विकेट गुमाएर पूरा गर्‍याे । श्रीलंकाकाे जितमा ओपनर पाथुम निसांका ८३ बलमा ७ चौका र २ छक्कासहित ७७ रनमा नट आउट रहे । सदिरा समाराविक्रामा ५४ बलमा ७ चौका र १ छक्कासहित ६५ रनमा नट आउट रहे । सदिरा र निसांकाले १ सय ३७ रनको शतकीय साझेदारी गरे ।इंग्ल्याण्डका लागि दुवै विकेट डेविड विलेले लिए ।


त्यसअघि भारतको बैंग्लुरुमा टस जितेर ब्याटिङ रोजेको इंग्ल्याण्डले ३३ ओभर २ बलमा सबै विकेट गुमाएर १ सय ५६ रन मात्र बनाएको थियो । इंग्ल्याण्डका ओपनर जोनी बेयरस्टो र डेविड मालनले पहिलो विकेटका लागि ४५ रनको साझेदारी गरेका थिए । तर, थप १०१ रन जोड्दा इंग्ल्याण्डले सबै विकेट गुमायो ।श्रीलंकाका लाहिरु कुमाराले ३ विकेट लिए भने एन्जेलो म्याथु र कसुन राजिथाले समान २–२ विकेट लिए ।


साविक विजेता इंग्ल्यान्ड आईसीसी विश्वकप २०२३ मा श्रीलंकासँग ८ विकेटले पराजित भएसँगै सेमिफाइनल सम्भावना कठिन बनेको छ ।इंग्ल्यान्ड ५ खेलमा एकमा जित र चारमा हारसहित २ अङ्कका साथ नवौँ स्थानमा छ । श्रीलंका ५ खेलमा दुईमा जित र तीनमा हारसहित ४ अङ्कका साथ पाँचौँ स्थानमा उक्लिएको छ ।  

कमेन्ट गर्नुहोस्