लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

विश्वकप २०२३ :नेदरल्यान्ड्समाथि अस्ट्रेलिया ठूलो अन्तरले विजयी

IMG

तिलोत्तमा ८ कार्तिक २०८०। कीर्तिमान पाँचपल्टको च्याम्पियन अस्ट्रेलियाले विश्वकप २०२३ मा बुधबार नेदरल्यान्ड्समाथि ३ सय ९ रनको जित निकालेको छ। यो जितसँगै सेमिफाइनल प्रवेशका लागि अस्ट्रेलियाको स्थिति बलियो बनेको छ ।यो जितपछि अस्ट्रेलियाको पाँच खेलबाट छ अंक भएको छ । नेदरल्यान्ड्स भने दुई अंकमै सीमित रह्यो ।वान डे विश्वकपमा रनको आधारमा यो सबैभन्दा ठूलो अन्तरको जित हो । अरुण जेट्ली क्रिकेट मैदान दिल्लीमा ४०० रनको विशाल लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले २१ ओभरमा सबै विकेट गुमाएर ९० रन मात्र बनाउन सक्यो ।


नेदरल्यान्ड्सका लागि ओपनर विक्रमजित सिंहको २५ नै सबैभन्दा ठूलो व्यक्तिगत स्कोर रह्यो ।अस्ट्रेलियाली बलरमध्ये एडम जाम्पाले ८ रन मात्र खर्चेर ४ विकेट लिए । त्यस अगाडि अस्ट्रेलियाले आठ विकेट गुमाएर ३ सय ९९ रन बनाएको थियो र त्यसमा दुईवटा शतक सामेल थियो ।अस्ट्रेलियाका लागि ओपनर डेविड वार्नरले १ सय ४ रन बनाए भने ग्लेन म्याक्सवेलले १ सय ५ रन थपे । म्याक्सवेलले यसका लागि ४४ बलको मात्र सामना गरे र यसक्रममा ९ चौका र ६ छक्का प्रहार गरे ।म्याक्सवेलले ४० बलमै आफ्नो शतक पूरा गरेका थिए ।


उनले विश्वकपमा सबैभन्दा तीव्र गतिको शतकको कीर्तिमान पनि बनाएका छन् । उनले दक्षिण अफ्रिकाका एडेन मारक्रमले ४९ बलमा बनाएको विश्वकप शतकलाई उछिनेका हुन् । वार्नरले भने यस विश्वकपमा आफ्नो दोस्रो शतक पूरा गरे ।वार्नरको ९३ बलको इनिङ्समा ११ चौका र ३ छक्का सामेल थियो । त्यस बाहेक पनि स्टिभ स्मिथले ६८ बलमा ७१ र मार्नस लबुसचेनले ४७ बलमा ६२ रन जोडे ।डच बलर लोगन भान बिकले ७४ रनमा चार विकेट लिए । बास डे लिडेले १ सय १५ रन खर्चेर दुई विकेट लिए र यो वान डे क्रिकेटमा अहिलेसम्मकै सबैभन्दा खर्चिलो बलिङ रह्यो ।

कमेन्ट गर्नुहोस्