
तिलोत्तमा, कार्तिक ७ गते २०८०। यू–१९ प्रिमियर कपको फाइनलमा नेपालले यूएईविरुद्ध टस जितेर ब्याटिङ रोजेको छ ।मलेसियाको बायोमास ओभलमा भइरहेको खेलमा अर्जुन कुमाल र दिपक बोहोरा ओपनिङ जोडी छन् ।उपाधिका लागि भिडिरहेका दुबै टोलीले यू–१९ एसिया कपमा स्थान पक्का गरिसकेका छन् । त्यस क्रममा नेपालले जापान र यूएईले सिंगापुरलाई सेमिफाइनलमा हराएको थियो ।तेस्रो स्थानका लागि भएको खेलमा सिंगापुरलाई हराएर जापानले पनि यू–१९ एसिया कपमा स्थान बनाएको छ ।
कमेन्ट गर्नुहोस्