लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

अन्तिम सेमिफ़ाइनलको ट्राईब्रेकरमा भूपूसंग झरना स्तब्ध,फाइनल खेल असोज २८ गते

IMG

तिलोत्तमा, असोज २७ गते २०८०। पहिलो हाफमा बराबरी खेलेको दुवै टिमको अन्तिमसम्म कुनै गोल नभएपछि ट्राइब्रेकरमा आयोजक झरना स्पोर्ट्स क्लबले  भूपू सैनिक जवई स्पोर्टिङ्ग क्लबसंग हार खानु परेको छ। रुपन्देहीको तिलोत्तमामा जारी ३५ औँ झरना रनिङ्ग शिल्ड नकआउट फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार भएको रोमाञ्चक खेलमा आयोजक झरना स्पोर्ट्स क्लब  भूपू सैनिक जवई स्पोर्टिङ्ग क्लब सालघारी बुटवलसंग पराजित भएको छ। लगातारको रोमाञ्चक खेलसंगै आयोजक झरनालाई ट्राइब्रेकरमा १ गोलको अन्तरले भूपू सैनिकले हराएको हो। फुटबल खेलमा पहिलो गोल भूपू सैनिकको तर्फबाट भयो भने त्यसपछि झरनाले अर्को गोल गर्यो।  पहिलो हाफ सम्म १/१ गोलको बराबरीमा सम्पन्न खेलको दोस्रो हाफमा दुवै तर्फबाट कुनै पनि गोल नभएपछी खेल ट्राईबेकरमा गएको हो।सो जित संगै भूपू सैनिक फाइनल प्रवेश गरेको छ भने झरना सेमी फ़ाइनालिस्ट भई खेलबाट बाहिरिएको छ। अन्तिम सेमिफाइनल खेलमा भूपू सैनिक जवईका गोलकिप्पर अमानत शेख म्यान अफ द म्याच भएका थिए।प्रतियोगिता अन्तर्गत ग्राण्ड फाइनल खेल यही असोज २८ गते दिउसो ३ बजे सौभाग्य युवा क्लब बुटवल र भूपू सैनिक जवई स्पोर्टिङ्ग क्लब बीच हुने आयोजकले बताएको छ।

 

तिलोत्तमा नगरपालिका–६ कुञ्जलापुर उमा आधारभूत विद्यालयको खेलमैदानमा भैरहेको प्रतियोगिता अन्तर्गत भोलीको खेल सौभाग्य युवा क्लब र समपुर्ण युवा क्लब बीच प्रतिष्पर्धा हुने आयोजक झरना स्पोर्टस क्लबका अध्यक्ष गङ्गा प्रसाद रानाले जानकारी दिए । प्रतियोगितामा रुपन्देही, पाल्पा,नवलपरासी र कपिलवस्तुका गरि १६ टोलीको सहभागिता रहेको झरना स्पोर्टस क्लबका खेल संयोजक मनु श्रीसले  बताउनुभयो। हरेक दिन दिउँसो ३ बजेदेखि सुरु हुने खेल हेर्न महिला, वृद्धवृद्धा, अपांगता भएका र अशक्तलाई निःशुल्क प्रवेशको व्यवस्था रहेको क्लबका अध्यक्ष गङ्गा प्रसाद रानाले जानकारी दिनुभयो। 

 

तिलोत्तमा-६ निवासी स्व : रुकमाया दर्लामीको स्मृतिमा उहाको छोरा यम बहादुर दर्लामी,रोमन सिंह दर्लामीको परिवारले प्रतियोगितामा मुख्य प्रायोजन  गरेका छन्। उनले आफ्ना स्वर्गिय माता रुकमाया दर्लामीको स्मृतिमा पुरस्कार प्रायोजन गरेका हुन् ।प्रथम पुरस्कार वापत बिजेता टोलीले  ३ लाख १५ हजार नगद सहित मेडल ट्रफी प्राप्त गर्नेछन।उपविजेताले दोस्रो पुरस्कार बापत  १ लाख ७५ हजार नगद  प्राप्त गर्दा सेमिफाइनलमा पराजित हुने दुई टोलीले जनही २५/२५ हजार पाउने छन्। यसैगरी व्यक्तिगत विधातर्फ हाइ स्करर, बेस्ट गोलकिपर, बेस्ट खेलाडीपनि नगद सहित उचित पुरस्कारको व्यवस्था गरिएको क्लबका खेल संयोजक मनु श्रीसले जानकारी दिएका छन ।


कमेन्ट गर्नुहोस्