लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

अन्तिम क्वाटरफ़ाइनलको ट्राईब्रेकरमा देवदहलाई हराउदै आयोजक बिजयी

IMG

तिलोत्तमा, असोज २४ गते २०८०। रुपन्देहीको तिलोत्तमामा जारी ३५ औँ झरना रनिङ्ग शिल्ड नकआउट फुटबल प्रतियोगिता अन्तर्गत बुधबार भएको घमासान खेलमा आयोजक झरना स्पोर्ट्स क्लब बिजयी भएको छ। लगातारको रोमाञ्चक खेल संगै देवदह ब्वाइज लाई ट्राइब्रेकरमा १ गोलको अन्तरले झरनाले हराएको हो। फुटबल खेलमा पहिलो गोल देवदह ब्वाइजको तर्फबाट भयो भने त्यसपछि लगातार झरनाले अर्को गोल गर्यो।  पहिलो हाफ सम्म १/१ गोलको बराबरीमा सम्पन्न खेलको दोस्रो हाफमा पुन: २/२ गोल दुवै तर्फबाट भएपछी खेल ट्राईबेकरमा गएको हो।सो जित संगै झरना सेमिफाइनल प्रवेश गरेको छ भने देवदह ब्वाइज खेलबाट बाहिरिएको छ। आजको खेल अबलोकनका लागि भारत र नेपालको ईतिहास रचना सफल फुटबल प्लेयर जसले अन्तराष्ट्रिय खेलाडी पेले संग खेलेर भारतको मोहन बगान टिम बाट गोल गरेका थिए सो ब्यक्ती श्याम राना , तिलोत्तमा नगरपालिकाका उपमेयर जागेश्वर देवी चौधरी लगायतका बिशिष्ठ व्यक्ति आएका थिए।


तिलोत्तमा नगरपालिका–६ कुञ्जलापुर उमा आधारभूत विद्यालयको खेलमैदानमा भैरहेको प्रतियोगिता अन्तर्गत भोलीको खेल सौभाग्य युवा क्लब र समपुर्ण युवा क्लब बीच प्रतिष्पर्धा हुने आयोजक झरना स्पोर्टस क्लबका अध्यक्ष गङ्गा प्रसाद रानाले जानकारी दिए । प्रतियोगितामा रुपन्देही, पाल्पा,नवलपरासी र कपिलवस्तुका गरि १६ टोलीको सहभागिता रहेको झरना स्पोर्टस क्लबका खेल संयोजक मनु श्रीसले  बताउनुभयो। हरेक दिन दिउँसो ३ बजेदेखि सुरु हुने खेल हेर्न महिला, वृद्धवृद्धा, अपांगता भएका र अशक्तलाई निःशुल्क प्रवेशको व्यवस्था रहेको क्लबका अध्यक्ष गङ्गा प्रसाद रानाले जानकारी दिनुभयो।

कमेन्ट गर्नुहोस्